जोहनेसवर्ग (एजेन्सी)– भारत र दक्षिण अप्रिकाबीच जोहनेसवर्गमा शनिवार हुने चौथो एकदिवसीय खेलमा खेलाडीको जर्सीको रंग मात्र होइन, पिचलाई रोल गर्ने रोलरदेखि दर्शकसमेत गुलाबी रंगमा देखा पर्दैछन्।
जोहनेसवर्गको न्युवन्डर्स मैदानमा हुने यस खेलमा प्रेस कन्फ्रेन्सदेखि पुरस्कार समारोहमा देखिने बलसमेत गुलाबी रंगको हुनेछ। विशेष अभियानअन्तर्गत चौथो एकदिवसीयमा यस्तो मौका जुरेको हो।
दक्षिण अफ्रिकी क्रिकेट बोर्ड पछिल्लो केही वर्षदेखि एउटा समाजिक अभियानमा जुडेको छ। अफ्रिकी क्रिकेट बोर्ड महिलामा हुने ब्रेष्ट क्यान्सरविरूद्ध जनचेतना जगाउने अभियानमा एउटा एनजीओसँग मिलेर काम गरिरहेको छ। रमाइलो कुरा अफ्रिकी टिमले गुलाबी रंगको जर्सीमा खेलेको कुनै खेल हारेको छैन्। यसअघि भारतसँग अफ्रिकाले ३ वटा एकदिवसीय खेल गुमाइसकेको छ।
शनिवारको खेलको अभियानको नाम ‘ह्यास्ट्याग पिचकप इन पिंक’ राखिएको छ। यो अभियानलाई सहयोग गर्न क्रिकेट प्रेमीले पनि धेरै मात्रामा गुलाबी रंगको लुगा किनेको बताइएको छ। दक्षिण अफ्रिकी बोर्डले यो आयोजनालाई अविस्मरणीय बनाउन रंगशालाभित्र विभिन्न तयारी गरेको छ। रंगशाला बाहिर पनि फ्यान्सवाक परेडको आयोजना हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।