वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्।
केही दिनअगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि रिक्त पदमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन्।
'मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुुहुनेछ,' रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्विटरमा लेखेका छन्।
गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए।
राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।