• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा- एक गिलास चिया

64x64
नेपाल लाइभ शनिबार, माघ २७, २०७४  ००:४३
1140x725

सिरेटो यस्तरी चलेको थियो, जता पुग्थ्यो धारिलो तरबारले रेटे जसरी बेस्मारी बिझाउँथ्यो। हरिया पहाडको माथितिर बादलका केही झोक्का लुकामारी खेल्दै थिए। कसले छिटो धर्तीमा हिमको सेतो पोख्ने भन्ने प्रतिस्पर्धा थियो सायद। यसरी बादलले ओथारो बसेको आकासमुनि कोही आगो फुकेर, कोही चिया खाँदै मान्छेहरु न्यानो खोजी गर्दै थिए। 

दूर क्षितिजबाट खास कोही चिहाउँदो हो त यहाँ समयले बाटो बिराएर अन्योलमा टक्क अडिएको जस्तो लाग्थ्यो होला। गोचर त म पनि गरिरहेछु, अहिले भर्खर आगो तापिरखेकी बूढी बज्यैको अनुहारमा आएको खुसीमा अल्झेर समय पछाडि फर्कियो। 

तल एक हुल मान्छेले आगो तापिरहेछन, म छेउकै बार्दलीमा बसेर हेरिरहेको छु।  यस्तैमा सेतै फुलेकी बूढी बज्यैलाई मगर्नी जस्तो लाग्ने गज्जक परेकी केटीले स्टिलको गिलासमा चिया दिई- 'आमा, चिया।' र चियाको गिलास बूढीतिर बढाई। मेरो अनुमानमा  केटी १३/१४ वर्ष जतिको मात्र हुनुपर्छ। बज्यै चिया लिनभन्दा पहिला एकछिन अल्मलिइन्। हो, यहीँनेर मेरो नजर अडियो र समयले पछाडि फर्क्यो।  खास कुनै विशेष कर्मले मात्र मान्छे समयको  विपरीत दिशामा यात्रा गर्न सक्छ जस्तो लाग्यो।

***

उसबेला बूढीबज्यैको उमेर ४५ वर्ष जस्तो हुँदो हो। अहिले मुजा परेको गाला तिनताका यस्ता होलान् भन्ने अनुमान पनि गर्न सकिँदैनथ्यो। अहिले आगो तापिरहेको घरभन्दा दुई घर पर्तिर बज्यैको घर छ, जसको आँगनमा सम्पदा खुट्टे खेलिरहन्थी। बज्यै घरभित्रबाट बेलाबेला कराउँथिन्, 'घर गरेर खाने बेला भैसक्यो, त अझै चकचक गरेर बस!' 

सम्पदाले घर गर्ने भनेको बिहे गर्ने हो भन्ने त बुझ्थी। तर, लोग्नेको  घर-व्यवहार सम्हाल्ने पनि हो भन्ने ठम्याउन सक्दिनथी। सम्पदाको उमेर अहिले चिया दिइरहेकी केटीको जत्रै थियो, अर्थात् उही १३/१४ वर्ष।

सम्पदाका बा आसामी थिए। बेलाबेला लाहुरेको सुगन्ध बोकेको लाहुरे नोट पठाउँथे। गाउँमा डुल्ने आधा जस्तो 'आइसी नोट'को स्रोत यिनै थिए। बज्यैले जेनतेन अर्मपर्म गरेर गुजारा चलाउँथिन्। सम्पदाले खूब सहयोग गर्थी घरधन्दामा, कहिले खान बनाएर, कहिले मेलासम्म रुमालमा पोको पारेको खाजा बोकेर। कामबाट बज्यै फर्केको बेला दौडिँदै सम्पदा चुलोमा पुग्थी र चिया उमालेर  दिँदै भन्थी-  'आमा, चिया।'

बज्यैको कमानी झसंग झस्कियो। केटीको सिमल जस्तो आवाजले कताकता काउकुती लगायो कुन्नि, निमेषभरमै बूढी ४५ वर्षमा पुगिन्। उस्तै शक्तिले बूढीले टाउको घुमाएर मुस्कुराउँदै केटीतिर त हेर्न के सक्नु, आगोतिर फर्केरै सोचिन्। यसरी सोच्न पनि त उनलाई धेरै समय छैन, नत्र अहिले मगर्नी केटी सम्पदा जस्तै घुर्कीको भाषामा 'जेसुकै गर बूढी, मर्ने बेला पानी खुवाउने मैले नै हो, यी यहीँ छ चिया' नभन्न सक्छे। अहिले बज्यैले चिया लिन मानिन भन्ने सोची भने पछिसम्म पनि त यसले चिया दिन्न।

Ncell 2
Ncell 2
nimb
nimb

खूब घुर्की लगाउँथी सम्पदा। तर, लाडिएर प्यार पनि त पोख्थी । जब यसरी नै अगेनाको डिलमा बसेर आगो तापेको बखत चिया दिन्थी, बज्यैले सकेसम्म वास्ता गर्दिनथिन् अनि ऊ घुर्की लगाउथी।  आगोले भुर-भुर गर्दा पनि बज्यैले 'हो हो' भने जस्तो सुनिन्। बज्यैले  विगतको भकुन्डोमा एक चक्कर नमारेसम्म टाउको मोड्ने सुरसार देखिएन। अहिले सम्पदा नै भएको भए पनि  बूढीले पहिले जसरी नै क्षणभरमै चियातिर आँखा भने पक्का लैजान सक्दिनथिन् होला। साँच्ची, सम्पदा पनि अलिक परिपक्व भइसकेकी हुन्थी।

यसरी धेरैबेर सोचे अहिले आँखाको कुनामा कोसी फुट्छ, बूढीसँग त्यत्रो समय पनि त छैन!

हरेक साँझ बज्यै घर फर्किँदा उज्यालो बलिसकेको हुन्थ्यो।  छोरीको उज्यालो चहकसँग ज्योतिका देवताको सम्बन्ध थियो कि? भित्र कुनामा सम्पदाले साँझबत्ती बालेर आमालाई कुरिराखेकी हुन्थी। यो आसामी जोडीको कोखमा छोराको बिउ पनि त उम्रेन, हुन त अरु  छोरी नै पनि त भएनन्।  गाउँलेले अनेक भने। तर, बूढीले सम्पदाकै अनुहार हेरेरै त कटाइन् समय। बज्यैलाई के थाहा, छोरीको यो उज्यालो चहक उनकै भन्दा पनि छोटो छ। धन्न अहिले बज्यैको गुन्यू अलिक टाढा छ, नत्र आगोले पोलेर प्वाल पार्थ्यो। कति पटक पारेको पनि त छ।  अहिले देखिएका सबै प्वाल पुराना त हुन्।

आमैले पछ्यौरीबाट बिस्तारै हात निकालिन्। यसो गर्दा पछ्यौरी अलिक माथि सरेर आगोलाई छानो हाले जस्तै देखियो।  हलुकासँग पाखुरीले पछ्यौरी आफूतिर तानिन् र विपरीत हातले अलिक माथि सुर्किन्। यसो गर्दा आगोको उज्यालो हरियो पटुकाको फेरोभरि पोतियो र घुर्मैलो बन्यो। आमैको गुन्यू पनि त सेतो बुट्टा भरिएको हरियो रङको छ। यी सबै काम यति छिटोछिटो भए कि मानौं कुनै समय नै खर्च भएन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैबीच हुस्सुको एक झोक्का ह्वात्त तल खस्यो र आगो तापिरहेका मान्छेहरुको वरिपरि दगुर्योक। आगोको तातोले हो कि उज्यालोले हो, मान्छेहरुको वरिपरि भने अलिकति पातलो मलमलको च्यादरले पर्दा लगाए जस्तो मात्र भयो। अहिले पनि म बार्दलीबाट एकटकले त्यो मगर्नी जस्तो केटी र बज्यैलाई नियालिरहेछु। आमैले  अझै चिया लिन केही समय लगाउछिन् जस्तो लाग्यो।

लाहुरे हिउँदको मासमा मुग्लान नै थिए। यता बज्यैको पनि त पुरानै दिनचर्या थियो। उनले अलिकति पनि भेउ पाउन सकिनन्, दैवले दु:खको बञ्चरोको धार लगाएर राखेको छ र बज्यैको दैनन्दिनमा हिर्काउँदै छ। बज्यै सदा झैं साँझ घर फर्किँदा उज्यालोको अलिकति निसाना पनि भेटिएनन्। त्यस दिनदेखि हराएको एक हरफ खुसी फेरि फर्केर मझेरीमा आउन मानेन।

'सम्पदा! ए सम्पदा!!' - बज्यैले अगेनाको डिलबाट कराइन्। यसरी बोलाउँदा कहिलेकाहीँ 'हजुर' नत्र 'है' भन्थी सम्पदा। तर, त्यो दिन केही प्रतिउत्तर आएन। के सम्पदा घरमा चञ्चलता भर्न छाडेर गाउँ डुल्दै बसेकी थिई? कि भर्खर कलिलो उमेरमा उफ्रँदा र चल्दा थकानले बिस्तरामा निदाएकि छे? आमैले सोचिन्- कतै होली। उस्तो सानी पनि त  छैन घर आउन नसक्ने। तर, अर्को मनले भन्यो- यतै कतै घरमै बसेकी होली।

आमैले घरभित्र सबैतिर हेरिन्। ऊ कतै थिइन।

***

बूढी आमैले चिया लिन त बाँकी नै छ। तर,  मेरो अगाडिको गिलासमा  सम्झनाले बनाएको चिया छ।  सायद सम्झना र त्यो मगर्नी जस्तो देखिने केटी साथी-साथी हुन् र एउटै कक्षामा पढ्छन्। म पनि यो कुरामा विश्वस्त छैन, जसरी लाहुर गइरहने सम्पदाका बालाई निश्चित थिएन कि सम्पदाका साथीहरु को-को थिए।

सम्झनालाई सम्पदालाई जस्तो केही भइहाल्छ कि? मनमा चिसो पस्यो। सम्झना मेरो छोरी हो, यो सम्पदा जस्तै अभागी पनि हुन सक्छे भन्ने सोच्नेबित्तिकै म मरेतुल्य हुन्छु। सम्पदालाई के  भएको थियो भन्ने यसले कल्पना पनि गर्न सक्दिन र थाहा पाइहाली भन…! यो चिसो बाहिरको चिसोभन्दा नि भयंकर छ। मेरो कमानी यसरी हल्लियो नि, म यो घबराहट केही गरे पनि बताउन सक्दिनँ।

मेरो उमेरले भर्खर २८ वसन्त पार गरेर शरदको चिसो ताप्दै थियो। म यही बार्दलीबाट सम्पदालाई खूब नियाल्थेँ। सम्पदा यस्तो मोहिनी थिई नि, म कसरी बताऊँ! उसको छाला हिउँभन्दा पनि गोरो थियो। जवानी लावण्य बुर्कुसी मार्दै बास बस्न आउन ठिक्क परेको, पुष्ट गाला र जलघडा जस्तो ट्म्ट्माउँदो नितम्बले मेरो विरासतमा पाएको भोको पुरुषत्व उछृङ्खल बन्थ्यो। सायद यो भन्नै अप्ठ्यारो लाग्ने आशक्तिको कुरुप अनुहार थियो। उसबेला पनि १४ वर्षकी किशोरी सम्पदाको सर्लक्क परेका पिडौला र शैशवकालमै रहेका वक्षको कल्पनाले बेला-बेला म झस्किन्थेँ। कस्तो पापी म, यस्तो कलिलो बालाको जाँघको वरिपरि आफ्नो घृणित कल्पनाको बयलगाडा चढ्ने! अनि बेला-बेला आफैंलाई चिमोट्थेँ र पत्ता लगाउँथे- म होशमै त छु?

साँझ छिप्पेर अँध्यारो भयो, यसै पनि हिउँदको महिना छिटो रात पर्थ्यो। तर, सम्पदा आइन। घरमा आमै मात्र त थिइन्। खोजी गर्न पनि छिमेकी गुहार्नुपर्थ्यो। म सिरक ओढेर गम्लंग परेर पल्टिरहेको थिएँ, यही बार्दलीको भित्रपट्टि हो सायद।

आमै अहिले आगो तापेकै बाटो आएकी थिइन्, हतारिँदै एकदम हतारिँदै। यसै पनि मलाई बज्यैको बोली सुन्नेबित्तिकै सम्पदाको याद आउँथ्यो। आखिर किन मलाई सम्पदाकै याद आउथ्यो! हुनसक्छ, मेरो कुरुप दिमागले मेरो प्यास मेटाउने अर्को पात्र भेट्नै सकेन वा यो पनि हुनसक्छ, मलाई सम्पदा जस्तै चञ्चल केटी मनपर्छ, चञ्चल र बिल्कुल अबोध।

'साइली दिदी, ए  साइली दिदी!', आमैले चिच्याउँदै बोलाइन्। मेरी आमा गाउँकी साइली दिदी थिइन्।

'किन? के भो?' - आमाले उत्तर फर्काइन्। मैले बिस्तरामा पल्टेर सब कुरा सुनिरहेको थिएँ।

'हेर्नु न, सम्पदा अझसम्म घर आएकी छैन। कता गई! मन आत्तिएर फुट्ला जस्तो भैसक्यो!'

'ए रोहन ! रोहन!' आमाले तलबाट कराइन्।

'हजुर!'

'सम्पदा घर आएकी छैन रे। जा जा, खोज्न सहयोग गर! तल आइज'- आमाले संसारमा आफ्नो सबैभन्दा विश्वासिलो पात्रलाई परिस्थितिको जिम्मा लगाइन्। 

मैले 'एभरिडे'को टर्च खोजेँ र बिस्तारै तल झरेँ।  बाहिर अँध्यारो थियो, कसैले पनि अर्को अनुहार राम्रोसँग ठम्याउँदैन्थ्यो। 

बिस्तारै सबै मान्छे जम्मा भयौं। यो खोजी टोलीको नेतृत्वकर्ता जस्तो म बनेँ। जम्मा भएका गाउँलेहरु लगभग आठ-नौ जना हुँदा हौं।  

मैले खोज्ने कामको जिम्मा पाउनुको मुख्य कारण जोसिलो युवा र त्यसमा पनि धेरैको विश्वासपात्र हुनु थियो। टोलीमा मिसिए, विराज र आकाश पनि। गाउँमा उस्तै उमेरका हामी तीन जना मात्र नै त थियौं।  अरु युवा खोज्न अर्को गाउँ पुग्नुपर्थ्यो, आधी घन्टा ओरालो अनि झन्डै उति नै उकालो हिँडेर।  

अब सबैभन्दा पहिलो काम थियो, सम्पदा खोज्न जाने ठाउँहरु निधो गर्ने।

गाउँ यसै पनि सानो छ। त्यसैले कुनै घरमा सम्पदा हुनसक्ने सम्भावना कम थियो। तर, यो ठाउँबाट माथि र दक्षिण-पश्चिम पट्टि केही घर छन्, त्यहाँ सम्पदा हुनसक्ने सम्भावना रहन्थ्यो।  त्यसैले हामीले खोजी गर्ने दुई समूह बनायौं। बूढापाकाहरुको एउटा समूहले गाउँघरतिर खोजोस् र हाम्रो अर्को समूह अर्को गाउँसम्म पुगोस्। अर्को गाउँसम्म जाने बाटोमा कतै लडेर घाउचोट लाग्यो कि भनेर बाटोको आसपास पनि खोज्ने सल्लाह भयो।  तर, नेतृत्व गर्नुको एउटा फाइदा थियो, कता खोज्ने र कता नखोज्ने भनेर आफैंले निधो गर्न सकिन्थ्यो। धेरै नडुल्नलाई जाडोको बहाना पनि थियो, त्यसमाथि मलाई कतिखेर फर्कौं र बिस्तरामा सुत्न पाऊँ भन्ने लागिरहेको थियो।

***

अहिले मगर्नी जस्तो केटी केही निहुरिई, यसो गर्दा थालबाट चियाको गिलास उठाउन सजिलो हुन्थ्यो।  लगभग सबै मान्छेको बानी हो, जबसम्म गिलासमा कति चिया छ भन्ने थाहा हुँदैन, तबसम्म नउठाउने। मगर्नी केटीले अहिले लगेको थालको स्थानबाट आमैले चिया मात्र देख्दैनथिन, 'आ ! यति धेरै खान सक्दिनँ' भन्दै अर्को गिलासमा खन्याउन पनि सक्थिन्।

म भने एकटकले यिनलाई नियालिरहेको थिएँ र टाइम मेसिनमा विगततिर फर्किरहेको थिएँ।

बज्यैको दु:खको सुरुवात भएको दिनको ज्ञाता म जस्तो सायद अरु कोही पनि छैन। मैले आमैलाई 'आमा, चिया!' वाक्यले कसरी पुरानो दिनमा फर्काउँछ भन्ने राम्रोसँग थाहा पाएको छु।  त्यस दिनपछि यिनी लगातार यही कुरा भनेर मेरी आमासँग रोइरहेकी हुन्थिन्। त्यसैले पनि यिनको अनुहारमा आएर समय अलमलमा परेको थाहा पाउन गाह्रो भएन।

***

त्यसदिन हामी बिस्तारै ओरालो झर्योा र चर्को-चर्को स्वरमा सम्पदा-सम्पदा भनेर चिच्याइरहयौं।  अहँ, सम्पदा कुनै पनि हालतमा बोलिन। खास मैले बोलाइन पनि। ममा बोलाउन सक्ने कुनै पनि ऊर्जा बाँकी थिएन। मेरो मनमा एउटै कुराले हिर्काइरहेको थियो, सम्पदा बज्यैको जिउने एकमात्र आधार थिई।  हामी बेलुका अबेर अर्को गाउँ पुग्यौं, खोजी गर्यो । अहँ, सम्पदाको कुनै पनि पत्तो लागेन। के सम्पदा गाउँमै कतै थिई त? हाम्रो टोलीले यस्तै निष्कर्ष निकाल्यो र फर्कियौं।

तर, ठीक विपरीत अर्को समूह हामीलाई नै कुरिरहेको थियो। आमै त्यसबेला भक्कानो छाडेर रोइन्। मलाई भाउन्न होला जस्तो भयो।  रुन त आमै अहिले पनि रुन्छिन्। फरक यत्ति छ, अरुले नदेख्नेगरी  रुन्छिन्।

सायद सम्पदा हराएको हप्ता दिन जस्तो भएको थियो होला, गाउँलेहरु हतारिँदै एक ठाउँ जम्मा भए।

'लाश भेट्टियो लाश!'  गाइँगुइँ सुनियो।

'कसरी देखेको?' - कसैले फेरि बोल्यो।

'घाँस काट्न जाँदा' - कसैले जवाफ फर्कायो।

एउटा सन्नाटाले गाउँलाई छपक्क छोप्यो। मेरो मनमा डरको विषालु सर्प फणा फिजाउँदै दौडियो। गाउँलेहरु जम्मा भएर तल खेततिर दौडिए।

पहाडको खोचमा अर्को गाउँ पुग्ने बाटोभन्दा लगभग ६० मिटर जस्तो टाढा सम्पदाको अलिअलि गन्ध मिसिएको शव भेटिएको थियो। केही मान्छेहरु अर्को गाउँको अस्थायी प्रहरी चौकीतिर खबर गर्न दौडिए। यसरी एक अबोध भार्याको प्राणपखेरु नभएको शरीर लडिबुडी खेलेको घाँस र जाँघको वरिपरि पोखिएर सुकेको रगतको टाटोसँग भेटियो। कसैलाई अनुमान लगाउन गाह्रो परेन, अकिञ्चन बालिकाको बलात्कार भएको थियो।  तर, यो कसैले भन्न सकेन, हत्या अगाडि भयो वा पछि!

***

अहिले ठीक पाँच वर्ष भयो, आमैको अन्तिम बाँच्ने आधार बूढा पनि खसे। बूढा लगातार चुरोट खाइरहन्थे र दमको पनि रोगी थिए। घटना यस्तो ठाउँमा भएको थियो, गाउँलेहरुले किटानी जाहेरी कसलाई दिने भन्ने पनि मेसो पाएनन्। दुई गाउँको दोसाँध थियो। फेरि यो काम कसले गर्योा, अलिकति पनि अनुमान लगाउन सक्ने अवस्था रहेन।

लाहुरे बूढा आफ्नो प्राण पखेरु रहेसम्म ठानामा धाइरहे, तर कतै केही हात परेन। बूढाको मृत्युपछि आमै एक्लै छिन्, बिल्कुल एक्लै। छोरी सम्झनेबित्तिकै भक्कानो छुटिहाल्छ। आमाले चियाको गिलासमा हात राख्दै मगर्नी केटीतिर हेरिन्। मैले यो दृश्य हेर्न सकिनँ।

आमैले मगर्नी केटीको गाला, भर्खर फक्रन खोजेका छाती र सुडौल पाखुरामा आँखा लगाइन् र पापी दुनियाँको मुखमा तुरुक्क मुतेपछि आएको सन्तुष्टिको भाव अनुहारमा ल्याइन्। सायद सोचिन्, यो केटी नै सम्पदा हो र अहिले खुर्पाको धारले नरपिचासहरुलाई काटेर बचाएर ल्याएकी हुन्।

***

त्यो दिन हामी गाउँ चहार्दै थियौं- म, विराज र आकाश। दिउँसो ३ बजेतिर हामी प्राय: निस्कन्थ्यौं बाहिरतिर। लहडैलहडमा हामी तल फेदीतिर पुग्यौं। सम्पदा पल्लो गाउँबाट फर्कंदै थिई। सम्पदालाई देख्नेबित्तिकै मलाई कता-कता कमिलाले चिले जस्तै भयो। मैले भनेँ नि, सम्पदाको त्यो चञ्चलता अँगालोमा बेरौं र फुत्किन नदिऊँ जस्तो लाग्यो। मैले सधैं यस्तो सोच्नेबित्तिकै आफैंलाई चिमोट्थेँ र सकेसम्म कल्पनाबाट छुट्न खोज्थेँ। तर, अहिले त्यस्तो थिएन। विराज र आकाशसँग जाँघको वरिपरि अल्झेर गफ गरिरहेको अवस्था थियो। त्यसबेला म सम्पदाप्रतिको लालसाले अन्धो भएको थिएँ।

'गाउँमा भएको कोपिला यही हो' - विराजले बोल्यो।

आकाश र मैले हो मा हो मिलायौं।

'सम्पदा कता? आऊ अहिले सँगै जाऔंला', विराजले हामी भएतिरै बोलायो।  बिचरी सम्पदा खुरुक्क आई। हामी मौन थियौं, तर यता लाने भन्ने सहमति गरे जसरी खोंचबाट छेकिने ठाउँतिर हिँड्यौं। बाटोमा विराजले अँगालो मारे झैं सम्पदाको छातीमा हात पुर्याखयो। केटीले अलिकति प्रतिवाद गरी, तर एक वयस्क पुरुषको बलमिच्याइँमा उसको के जोर चल्थ्यो!

हामी कसरी त्यस्तो अन्धो हुन सक्यौं, अहिले सम्झेर आफैंलाई बेला-बेला धिक्कार्छु। विराजले ओझेल पर्ने बित्तिकै सम्पदालाई बडो बलले पल्टायो। यस्तो क्रूर दृश्य भगवानले टुल्टुलु हेरेको थियो र उसकै उत्पत्ति हामीलाई उद्वेलित पारिरहेको थियो। विराजले वस्त्र निकाल्यो भने म तयार भएर बसेँ।  यसरी एक अबोध बालाको मैन जस्तो कोमल शरीरमा मेरो हुँकार रगतमा हेलिँदै प्रविष्ट भयो।

विराजले सम्पदालाई समात्दा नाकमुख दुवै थुनेको थियो। त्यस्तो बेला पीडाको चीत्कार कुन द्वारबाट निस्कियोस्! जब हामी तीन जनाबाट तृप्तिको मादक पग्लेर होश खुल्यो, सम्पदा यो दुनियाँमा थिइन।

हतार-हतार हामी गाउँ फर्केर ओछ्यानमा पल्टेको केही छिनमा आमै हाम्रो घर आइपुगेकी थिइन्।

अहिले भर्खर तल आमैले नसमातिएका अपराधीलाई सराप्दै चियाको गिलास समातिन्।  मलाई भने टाइम मेसिनमा फर्केर घटना हुनुभन्दा अगाडि नै आत्महत्या गर्न मन लाग्यो।    

प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  ००:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्