नयाँ दिल्ली (एजेन्सी)– शनिवार भारतविरूद्ध हुने चौथो एकदिवसीयका लागि घरेलु दक्षिण अफ्रिकाले तीन खेलाडी परिवर्तन गरेको छ। जोहानेसवर्गको न्युवान्डर्समा हुने डे–नाइट खेलमा पूर्व कप्तान एबी डिभिलयर्स पुनः टिममा फर्किएका छन्।
पछिल्लो तीन खेलमा आफ्ना ४ स्टार खेलाडी चोटग्रस्त भएपछि अफ्रिकाले शृंखलामा नमिठो नतिजा भोग्नु परेको थियो।
चौथो खेलमा डेभिड मिलरको स्थानमा फरहान बेहरडीन खेल्ने सम्भावना प्रबल छ। मिलरको यतिबेला फर्म राम्रो छैन्। लुंगी एन्गिडीको स्थानमा पनि तीब्र बलर मोर्ने मोर्केल फर्किने सम्भावना बलियो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।