• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्योङचाङ ओलम्पिक सुरु, चिसो ओलम्पिकले दुई कोरियाको सम्बन्ध न्यानो बनाउला?

64x64
नेपाल लाइभ शुक्रबार, माघ २६, २०७४  १६:४४
1140x725

प्योङचाङ- माइनस २५ डिग्री सेल्सियस बराबरको तापक्रम। तर खेलाडीहरुलाई भने मात्र जित र मेडलको गर्मी छ। 

९२ राष्ट्र, १७ दिनको समय, १५ खेल र १ सय २ इभेन्ट (मेडल) का लागि करिब ३ हजार विश्वस्तरीय एथलेटको भिडन्त। यस्तो लाग्छ कि यो महाकुम्भलले चिसो मत्थर गर्नेछ र बढाउनेछ मात्र जितको भोक, एकता र पारस्परिक सम्बन्धको न्यानोपन। 

आजबाट दक्षिण कोरियाको प्योङचाङमा शीतकालिन ओलम्पिक सुरु भएको छ। यसअघि सन् १९९८ को गृष्मकालीन ओलम्पिकको सफल आयोजना गरेको दक्षिण कोरियाले शीतकालीन ओलम्पिकको २३औँ संस्करण आयोजना गर्न तम्सिनु इतिहासमै पहिलो घटना थियो।

दक्षिण कोरिया सन् २०११ को जुलाईमा स्थान तय भएदेखि ओलम्पिकको तयारीमा जुटेको थियो। 

कोरियाली प्रायद्विपको एकतामा औषधि बन्ला त ओलम्पिक?

लामो समयदेखि तनावको घेरामा रहेको कोरियाली प्रायद्विप यस पटक भने खेलकुदले केही शान्त बनेको छ। कतिपयले यो खेललाई प्रतियोगिता मात्रै नभई पारस्पिरिक सम्बन्ध स्थापनाको उद्गम बिन्दुसमेत मानेका छन्। उत्तर कोरियाको सहभागिता रहने समाचारका बीचमा केही महिना अघिबाटै प्योङचाङ ओलम्पिकको चर्चा चुलिँदो छ न कि यहाँको मौसम वा अन्य देशको खेल तयारी नै। 

पछिल्लो २ वर्षमा भएको उच्च तहको वार्तापछि उत्तर कोरिया प्योङचाङ आउन तयार भएको हो। उसले ५ खेलमा २२ खेलाडीलाई मैदानमा उतार्दैछ। तर उद्घाटन सत्रमा ती खेलाडीहरुले आफ्नो झण्डामुनि मार्चपास गर्ने छैनन्। कारण राजनीतिक विषयले उठान गरेको द्वन्दको घाउमा मल्हम लगाउन दुवै कारियाका ओलम्पिक कमिटी सहमत भएपछि अब संयुक्त झण्डामुनि मार्च पास हुनेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसमाथि महिला आइस हक्की टोली पनि संयुक्त नै बनाइएको छ। जसले पहिलो खेल(अभ्यासस्वरुप) खेलिसकेको छ। स्विडेनसँगको सो मैत्रीपूर्ण खेलमा ३–१ को पराजय भोगे पनि कोरियालीका लागि हारभन्दा एकै भएर खेल्नुले ठुलो अर्थ राख्यो। यसपाला यो टोलीमाथि धेरैको आँखा र विश्वास अडिएको छ।

यसका अलावा उत्तरका संवैधानिक संसद प्रमुख किम योङ नामको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमन्डल दक्षिण पुग्दैछ। सो प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङ पनि सहभागी हुनेछिन्। 

करिब २ सय ८० भन्दा बढी सदस्य रहेको सो प्रतिनिधिमण्डलमा उत्तर कोरियाका खेलकुद मन्त्री किम गुक, ओलम्पिक कमिटिका ४ पदाधिकारी, २ सय २९ चेयरलिडर, २६ जना तेक्वान्दो प्रशिक्षक तथा २१ जना पत्रकार तथा चर्चित सांस्कृतिक टोलीसमेत रहेका छन्। आज हुने उद्घाटन सत्रमा उत्तर कोरियाको चर्चित महिला ब्यान्ड मोरांगबोङले समेत आफ्नो प्रस्तुति दिनेछ। 

रसियाको स्वतन्त्र सहभागिता

अघिल्लो संस्करण सन् २०१४ मा रसियाले ओलम्पिकको सफल आयोजना गरेको थियो। सफल आयोजनाको लागि उसले निकै चर्चा कमायो तर डोपिङ (खेलका क्रममा खेलाडीले शक्तिवर्द्धक औषधि सेवन गर्नु) प्रकरणले रसियाको ओलम्पिक कमिटि नै निलम्बनमा पर्यो। धेरै खेलाडीलाई आजिवन प्रतिबन्ध नै लगाइयो। 

४७ खेलाडी तथा प्रशिक्षकले आफूलाई प्रतियोगितामा सहभागी हुन नपाउने निर्णयका विरुद्ध अपिल गरेका थिए। जसमध्ये २८ खेलाडीलाई अघिल्लो साता मात्रै अदालतले आजीवन प्रतिबन्ध हटाएको थियो। 

सोही कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्योङच्याङ ओलम्पिकमा रसियाली खेलाडीलाई आफ्नै झन्डामुनि खेल्नसमेत रोक लगाएको छ। उनीहरु स्वतन्त्र खेलाडीको रुपमा नै प्रतियोगितामा सामेल हुनेछन्। अब रसियाका कुल १ सय ६९ खेलाडी ‘ओलम्पिक एथलेट्स फ्रम रसिया’ शीर्षकमा स्वतन्त्र खेलाडीको रुपमा प्रतियोगिताका विभिन्न स्पर्धामा देखिनेछन्। 

टिम जिबीको आशा

सन् १९९९ मा ब्रिटिस ओलम्पिक कमिटी र आयरल्यान्ड ओलम्पिक टिमले एउटै ब्रान्ड बनाएर शीतकालिन ओलम्पिकमा सहभागिता जनाउन थाले। जसलाई ‘टिम जिबी’को नामले चिनिन्छ। 

सो टोलीले शीतकालीन ओलम्पिकका हरेक संस्करणमा आफ्नो दबदबा कायम गर्दै आएका छन्। सोही इतिहासलाई दोहोर्याउँदै उनीहरुले यस पटक रेकर्ड राख्ने गरी प्योङचाङ यात्रा थालेको बताएका छन्। हालसम्म अधिकतम ४ स्वर्ण पदक जितेको सो टिमले यस पटक स्वर्ण संख्या ५ पुर्याउने लक्ष्य लिएको छ। 

टिम जिबीले अल्पाइन स्किङ, बोब्सलेघ, क्रस कन्ट्री स्किङ, कर्लिङ, फ्रिस्टाइल स्किङ, सर्ट ट्रयाक, स्केलेटन, स्नोबोर्डिङ गरि ८ खेलमा आफ्नो दाबेदारी पेश गर्नेछ। 

ओलम्पिकमा पहिलो पाइला

शीतकालिन ओलम्पिकको कोरियन संस्करणमा ९२ राष्ट्रले सहभागिता जनाउँदैछन्। तीमध्ये पनि ६ राष्ट्रको भने ओलम्पिकमा पहिलो यात्रा हुनेछ। इक्वेडर, इरिट्रिया, कोसोभो, मलेसिया, नाइजेरिया र सिंगापुरले आफ्नो पहिलो ओलम्पिक यात्रालाई सुखद बनाउन प्रयास गर्नेछन्।

आइओसीका अनुसार नेपालसहित ११ देश जो अघिल्लो संस्करणमा सहभागी भए पनि यस पटक प्योङच्याङमा देखिनेछैनन्। तर सोची ओलम्पिकमा नदेखिएका १६ राष्ट्रको झण्डा भने कोरियामा फहरिनेछ। 

हालसम्मकै चिसो ओलम्पिक

दर्शक तथा प्रशंसकहरुलाई हिट प्याड, ब्लांकेट, वार्म सुट र रेनकोर्ट लगाएर रंगशालामा उपस्थित हुन आयोजकले सूचित गरेको छ। किनकि खेलका दौरान प्योङचाङमा ओलम्पिक इतिहासमै सबैभन्दा कम तापक्रम हुने आंकलन गरिएको छ। 

खेलहरु मुख्यतया २ स्थानमा हुने बताइएको छ। एक पहाडी रिसोर्टहरु भएको अल्पेनसिया र अर्को समुद्र किनारमा रहेको ग्याङनियोङ। ग्याङनियोङमा औसतमा माइनस २ देखि ६ सम्मको तापक्रम रहने भए तापनि पहाडी इलाका भएका कारण यहाँ चल्ने हावाले गर्दा माइनस २५ डिग्री सेल्सियस तापक्रमको अनुभव हुन्छ। 

यसअघि सन् १९९४ मा नर्वेको लिलेह्याम्मरमा भएको ओलम्पिकमा तापक्रम माइनस ११ सम्म झरेको थियो। 

आजको उद्घाटन सत्र आयोजना हुने अल्पेनसियाको उत्तरपूर्वमा रहेको ओलम्पिक रंगशालामा ३५ हजार सिटहरु खुल्ला आकाशमुनि नै बनाइएको छ। स्थानीय समयअनुसार बेलुका ८ बजेबाट उद्घाटन सत्र सुरु हुनेछ। सो समयमा तापक्रम माइनस ५ भन्दा कम हुने अनुमान गरिएको छ। 

तर ४ वर्षअघि भएको ओलम्पिकमा भने मौसम ठिक उल्टो थियो। रसियाको सोचीमा सो समय २० डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो, जुन शीतकालीन ओलम्पिक इतिहासमै सबैभन्दा बढी तापक्रम हो। 

तर आयोजक कमिटीले भने चिसोले खेलकुदमा कुनै पनि प्रभाव नपार्ने स्पष्ट पारेको छ। जसको लागि ठूलो संख्यामा स्वयंसेवक तथा सेनाको स्वास्थ्य टोली परिचालन गरिएको छ।

प्योङचाङ पुगेका विभिन्न देशका खेलाडीहरुले अत्याधिक चिसो मौसम भन्दै सामाजिक संजालहरुमा फोटो तथा स्टाटसहरु पोष्ट गरेका छन्। 

ओलम्पिक बत्तीको रिले दौड

२४ अक्टोबर २०१७ मा ग्रिसबाट सुरु भएको ओलम्पिक बत्तीको रिले दौडले आज कोरियाको प्योङचाङमा गएर विश्राम लिनेछ। विभिन्न राष्ट्रको भ्रमणपछि ओलम्पिक टर्चले २०१७ को नोभेम्बर १ मा मात्रै दक्षिण कोरियामा प्रवेश पाएको थियो। पछिल्लो १ सय १ दिनको कोरिया यात्रामा ७ करोड ५० लाख कोरियाली जनसंख्याको प्रतिनिधित्व गर्दै  ७ हजार ५ सय जनाले सो टर्च बोकेका थिए। 

विश्वयात्राका क्रममा ओलम्पिक टर्चलाई विभिन्न यातायातका साधनहरु टर्टल सिप, साइबोट, मरिन केवलकार, जिप वायर, स्टिम ट्रेन, मरिन रेल बाइक, याचतलगायतमा राखेर भ्रमण गराइएको थियो। कोरियाको जेजु र देइजेनमा त राबोटलाई समेत टर्च रिलेमा सहभागी गराइएको थियो। 

कोरियालीले नै किने कम टिकट 

शीतकालीन ओलम्पिक २०१८ का लागि वर्ष २०१६ को अप्रिलमा टिकटको मूल्यको घोषणा भएपनि अक्टोबरबाट मात्रै बिक्री सुरु गरिएको थियो। घोषणा गरिए अनुसार प्रति टिकटको मूल्य कम्तिमा २० हजार कारियाली ओन (१७ अमेरिकी डलर) देखि ९ लाख ओन (७ सय ७६ अमेरिकी डलर) सम्म ताकिएको थियो। 

तर उद्घाटन र समापन सत्रका लागि भने फरक मूल्यको टिकट व्यवस्था गरिएको छ। उद्घाटन र समापन सत्रमा सहभागी हुने दर्शकले कम्तिमा २ लाख २० हजार वोन (१ सय ९० अमेरिकी डलर) देखि १५ लाख वोन (१ हजार २ सय ९३ अमेरिकी डलर) मूल्यको टिकट खरिद गर्नुपर्नेछ। 

बजार मूल्यलाई आधार मान्ने हो भने करिब ५० प्रतिशत टिकट ८० हजार ओनमा बिक्री भएको बताइएको छ। प्रतियोगिताभर सामेल स्पर्धामध्ये फिगर स्केटिङ र पुरुष हक्कीको स्वर्ण पदक खेलका लागि सबैभन्दा बढी मूल्यको टिकट बिक्री भएको छ। 

तर बिक्री भएका टिकटलाई आधार मान्ने हो भने प्रतियोगितामा स्थानीय दर्शकको संख्या भने न्युन पाइएको छ। कुल ७ लाख ५० हजार सिटमध्ये २०.७ प्रतिशत मात्र टिकट दक्षिण कोरियाली दर्शकले खरिद गरेको तथ्यांक छ। 

५९.७ प्रतिशत अर्थात ३ लाख ५० हजार जना टिकट खरिदकर्ता विदेशी छन्। 

गएको महिनाको अन्तिम दिनको तथ्यांकलाई आधार मान्ने हो भने १३ वटा रंगशालामा हुने खेलहरु हेर्न हालसम्म ७७ प्रतिशत टिकट बिक्री भएको प्योङचाङ ओलम्पिक कमिटिले जनाएको छ। 

अन्त्यमा

प्योङचाङस्थित ओलम्पिक रंगशालामा हुने उद्घाटन सत्रमा उत्तर कोरियाका संवैधानिक संसद प्रमुख किम योङ नाम, अमेरिकी उप राष्ट्रपति माइक पेन्स तथा चीन लगायतका मुख्य शक्ति राष्ट्रहरुका उच्च अधिकारीहरु एकै मञ्चमा देखिदैँछन्। 

उत्तर कोरियाको आणविक गतिविधीले चलायमान बनाइरहेको विश्व राजनीति कोरियाली प्रायद्धिपमा नै एकै स्थानमा आउनुले फरक तरंग ल्याइदिएको छ। 

आशा गरौँ २३औँ संस्करणको शीतकालीन ओलम्पिक खेलकुद मात्र रहनेछैन। मेडलका लागि हारजितको लडाइँ मात्र रहनेछैन। यो त कोरियाली प्रायद्विपमा द्विपक्षीय सम्बन्धको डोरी कस्ने माध्यम पनि बन्नेछ। देशदेश जोड्ने ‘सुपर ग्लु’ फेरि एक पटक खेलकुद र खेलाडी बन्नेछन्।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पर्सामा रविविरुद्ध चलिरहेको संगठित अपराधको अभियोग फिर्ता
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’
सम्बन्धित सामग्री
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् । मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही हर्कले केही दिन पहिले सुनसरीमा एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो चलाउँदै गरेका थिए । जुन भिडियो उनले आफैं सार्वजनिक गरेक... सोमबार, जेठ २५, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ पैँयुटार बस्ने 'नेपाली ब्रो' भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका... शनिबार, जेठ २३, २०८३
ताजा समाचारसबै
पर्सामा रविविरुद्ध चलिरहेको संगठित अपराधको अभियोग फिर्ता मंगलबार, जेठ २६, २०८३
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने मंगलबार, जेठ २६, २०८३
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
पदभार ग्रहणपछि गृहमन्त्री गुरुङद्वारा चरित्र हत्याविरुद्ध कडा चेतावनी मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ मंगलबार, जेठ २६, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्