काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानलाई १ सय ३९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा १ सय ३८ रनमा अलआउट भयो।
खेलपछि आइपिएल टिम दिल्ली डेयरडेभिल्सले नेपालले ओमानलाई दिएको लक्ष्यबारे ट्विट गरेको छ। उसले दिल्लीमा आबद्ध आफ्ना खेलाडी सन्दीप लामिछानेले हिजो नामिबिया विरुद्धको खेलमा ४ विकेट लिएर म्याच अफ दि म्याच भएको उल्लेख गर्दै लेखेको छ , 'सन्दीपले आज कति विकेट लिन सक्लान?'
यसअघि नेपालले हिजो भएको खेलमा नामिबियामाथि अन्तिम ओभरमा १ विकेटको रोमाञ्चक जित हात पारेको थियो। खेलमा सन्दीप लामिछाने म्याद अफ दी म्याच भएका थिए। उनको उत्कृष्ट बलिङकै कारण नेपालले नामिबियालाई १ सय ३८ रनमा समेटेको थियो।
८ दशमलब २ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिएर १८ रन दिएका थिए।
सन्दीपसँगै बसन्त रेग्मीको उत्कृष्ट प्रदर्शनमा नेपालले ४९ दशमलब २ ओभरमा नामिबियामाथि जीत हात पारेको थियो। १ विकेट बाँकी रहँदा अन्तिम ओभरमा ७ रन चाहिएकोमा रेग्मीले पहिलो बलमा २ रन र दोस्रो बलमा चौका हानेका थिए। तेस्रो बल वाइड भएपछि नेपालले रोमाञ्चक जित हात पारेको थियो। बसन्तले २ चौका र एक छक्कासहित २४ रन जोडेका थिए।
सन्दीपको बलिङबाट दिल्ली डेयरडेभिल्स समेत प्रभावित भएको थियो। उसले समाजिक सञ्जालमार्फत ‘ब्रिलियन्ट स्पेल’ भन्दै प्रशंसा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।