नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल जगदीप कुमार शर्माबीच भेटवार्ता भएको छ।
रुपन्देहीको सालझण्डीमा भाद्र १८ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको एक संयुक्त अभ्यासको अवलोकन तथा समापन समारोहमा सहभागी हुन शर्मा नेपाल आएका थिए। सोही कार्यक्रममा प्रधानसेनापति क्षत्रीको भेटवार्ता भएको भएका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ।
‘उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी श्री क्षत्री र लेफ्टिनेन्ट शर्माबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।’, विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।