काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। नामिबियाको डब्लुएपी मैदानमा टस जितेको ओमानले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको छ।
नेपालले आफ्ना दुवै ओपनरलाई गुमाएको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल पाँचौ ओभरको अन्तिम ७ रन बनाएर आउट भए। १७ बल खेलेका उनले १ रन प्रहार गरे। अर्का ओपनर दिलीप नाथ १९ रन बनाएर आउट भए। उनले ४९ बल खेल्दा ३ चौका प्रहार गरे।
आरिफ शेखले फेरि पनि राम्रो ब्याटिङ गर्न सकेनन्। उनी ६ रनमा आउट भए। कप्तान पारस खड्का १७ रन बनाएर खेलिरहदा कालीमुल्लाहबाट बोल्ड भए। उनले ४२ बल खेल्दा १ चौका प्रहार गरे।
ओमानका कालीमुल्लाह र फइज बटले १–१ विकेट लिएका छन्।
दोस्रो खेलमा नेपालले टिममा कुनै परिवर्तन गरेको छैन। टिममा नामिबिया विरुद्ध बिहीबार उत्रिएका सबै खेलाडी छन्।
नेपाली टिम– ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, पारस खड्का, आरिफ शेख, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।
टेक्स्ट लाइभका लागि :
क्रिक इन्फोको टेक्स्ट लाइभ
आइसिसीको टेक्स्ट लाइभ
यसअघि यही मैदानमा हिजो भएको खेलमा नेपालले आयोजक नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको थियो। ओमान भने पहिलो खेलमा क्यानडासँग पराजित भएको थियो। ओमानलाई क्यानडाले ८ विकेटले हराएको थियो।
शुक्रबार नै नामिबिया र केन्या तथा युएई र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ।
ओमानसँगको 'हेड टु हेड'मा भने नेपाल अघि छ। नेपाल र ओमानबीच ५० ओभरका ५ खेल मध्ये तीन खेलमा नेपालले जित हात पारेको छ। दुई खेलमा भने ओमान विजयी भएको छ।
पछिल्ला दुवै खेलमा ओमानले नेपाललाई हराएको छ। २०१५ मा भएको पछिल्लो भिडन्तमा नेपाललाई ओमानले ३ विकेटले हराएक थियो। २०१४ को एसिसी प्रिमियर लिगमा पनि ओमानले नेपाललाई २ विकेटले हराएको थियो। नेपालले दिएको १ सय ५८ रनको लक्ष्य ओमानले २.१ ओभर खेल्न बाँकी छदा ८ विकेटले गुमाएको थियो।
त्यसअघिका तीन खेलमा नेपाल विजयी भएको थियो। सन् २००२ को एसिसी ट्रफीमा नेपालले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्यो। सन् २०१० मा एसिसी ट्रफी एलिटमा नेपालले ओमानलाई ६ विकेटले हरायो। सन् २०१३ मा भएको डिभिजन–३ मा पनि नेपाल विजयी भयो। नेपालले ओमानलाई २८ रनले हरायो। पहिले ब्याटिङ गरेको नेपालले १ सय ६० रन जोड्यो। जवाफी ब्याटिङ गरेको ओमान १ सय ३२ रनमा अलआउट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।