काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। नामिबियाको डब्लुएपी मैदानमा टस जितेको ओमानले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको छ।
नेपालले सुरुवातमै विकेट गुमाएको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भए। १७ बल खेलेका उनले १ रन प्रहार गरे। अहिले दिलीप नाथ र कप्तान पारस खड्का ब्याटिङ गरिरहेका छन्।
दोस्रो खेलमा नेपालले टिममा कुनै परिवर्तन गरेको छैन। टिममा नामिबिया विरुद्ध बिहीबार उत्रिएका सबै खेलाडी छन्।
नेपाली टिम– ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, पारस खड्का, आरिफ शेख, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।