अम्मान- सन् २०१८ को अक्टोबरदेखि अहिलेसम्म डेढ लाख सिरियाली स्वदेश फर्केको जोर्डनको गृह मन्त्रालयले मङ्गलबार जारी एक तथ्याङ्कमा जनाइएको छ।
फिर्ता भएका एक लाख ५३ हजारमध्ये सवै जोर्डनको जाबेर सीमा नाका हुँदै स्वदेश फर्किएका हुन्। उनीहरूमध्ये ३३ हजार संयुक्त राष्ट्र संघद्वारा शरणार्थीको मान्यता प्राप्त सिरियाली रहेका जोर्डनले बताएको छ।
मन्त्रालयले स्वेच्छिक रूपमा फर्किन चाहने सिरियाली शरणार्थीलाई सहजीकरण गरेर स्वदेश फिर्ताका लागि सहयोग गर्ने बताएको छ।
शरणार्थी मामिला हेर्ने राष्ट्र संघीय निकाय (युएनएचसिआर)का अनुसार जोर्डनमा रहेका सिरियालीमध्ये ६ लाख ५० हजारले शरणार्थीको रूपमा मान्यता पाएका छन्।
सन् २०११ मा सिरियामा सुरू भएको युद्धका क्रममा कम्तीमा १३ लाख शरणार्थी जोर्डन पुगेका अम्मानले जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।