काठमाडौँ- नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा उम्मेदवारी दिएका डोरमणि पौडेलले आफ्नो उम्मेदवारी आकस्मिक नभएको बताएका छन्।
उम्मेदवारी दर्तापछि नेपाल लाइभसँग कुरा गर्दै पौडेलले दलको नेताका लागि आफूले आन्तरिक रुपमा पहिलेदेखि नै तयारी गरेको बताए। 'मेरो पहिलेदेखिकै योजना हो,' उनले भने, 'मैले हतारमा लिएको निर्णय होइन।'
दलको नेताका रुपमा यसअघि चर्चामा आएका राजेन्द्र पाण्डेले पनि आफूलाई सघाउने वचन दिएको पौडेलको भनाइ छ। पाण्डेले भने उम्मेदवारी दिएनन्।
पौडेल पार्टी अध्यक्ष केपी ओली गुटका हुन् भने शाक्य नेता माधवकुमार नेपाल गुटमा छिन्। ७० वर्षीय पौडेल मकवानपुर २ प्रदेशसभा (ख) बाट विजयी भएका हुन् भने शाक्य काठमाडौं क्षेत्र नम्बर ८ (ख) बाट निर्वाचित सांसद हुन्।
निर्वाचन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा चलिरहेको छ। मनोनयनपछि दिउँसो साढे १२ पछि मतदान हुने पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।