काठमाडौँ- नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ।
सहमति जुट्न नसकेपछि दलको नेता छान्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा निर्वाचन कार्यक्रम चलिरहेको छ। समयसीमा भित्र डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका हुन्। यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले भने उम्मेदवारी दिएनन्।
दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
मनोनयनपछि दिउँसो साढे १२ पछि निर्वाचन हुने पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।