काठमाडौं– प्रदेश ३ मा एमालेको संसदीय दलको नेताको लागि राजेन्द्र पाण्डे उम्मेदवार नबन्ने भएका छन्। यसअघि उनी संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्ने प्रयासमा रहेको चर्चा थियो।
संसदीय दलको नेतामा सहमति जुट्न नसकेपछि नेकपा एमाले प्रदेश नं ३ मा निर्वाचन कार्यक्रम सुरु भएको हो। दलको नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन्।
दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
मनोनयनपछि दिउँसो साढे १२ पछि निर्वाचन हुने पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।