• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अफगानिस्तान युद्धमाथि बिबिसी रिपोर्ट : अगस्टमा हरदिन ७४ जनाले ज्यान गुमाए

64x64
नेपाल लाइभ बुधबार, असोज १, २०७६  १४:४५
1140x725

काठमाडौं– अमेरिकी सेनाले युद्धग्रस्त अफगानिस्तानमा १८ वर्षदेखि सैनिक गतिविधि सञ्चालन गर्दै आएको छ। अफगानिस्ताको शान्तिका लागि भन्दै सन् २००१ मा छिरेको अमेरिकी सेना अब बाहिरिने तरखरमा रहेको चर्चा चलिरहेको छ। यही चर्चाबीच अमेरिकाले अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबानसँग असफल वार्तासमेत गरेको थियो। वार्ता भईरहँदा अमेरिकी टोलीले सूचना चुहाएलगत्तै वार्ता भंगको घोषणा गर्दै तालिबान समूहले आक्रमण गरेको थियो।

यसरी हेर्दा पछिल्ला दिनहरुका अफगानिस्तानको हरकुना द्वन्द्व र हिंसा घट्नुको सट्टा झन् बढिरहेको बिबिसीको अध्ययनले देखाएको छ।

हालैमात्र राष्ट्रपति अरसफ घानीकाे चुनावी र्‍यालीमा विस्फाेट हुँदा २४ जनाकाे ज्यान गएकाे थियाे भने ३१ सर्वसाधारण घाइते भएका थिए। राजधानी काबुलकाे उत्तरी इलाकामा उनले चुनावी सभालाई सम्वाेधन गर्ने कार्यक्रम अगावै यस्ताे विस्फाेट भएकाे थियाे।

यही सन्दर्भमा बिबिसीले हिंसामा हुने मानवीय क्षतिको अनुमान लगाउनका लागि अगस्ट महिनाभरिमा भएका घटनाहरुको दस्तावेज केलाएको छ।

यो अध्ययनबाट पुष्टि भएको छ कि एक महिनाको अवधिमा सुरक्षा कमजोरीका ६११ घटना भएका थिए। जसमा करिब २ हजार ३ सय ७ जनाको मृत्यु भयो। यो प्रकरणमा कुल १ हाजर ९ सय ४८ जना घाइते भए। यो एक तथ्यांक मात्र हो। वास्तविकतामा हेर्ने हो भने यसरी मर्ने र घाइते हुनेमा निर्दोष सर्वसाधारण नागरिक र तालिबानी लडाकु धेरै रहेको पाइएको छ। तालिबान र अफगानिस्तान सरकारले बिबिसीको यो तथ्यांकमा भने प्रश्न उठाएका छन्।

अमेरिकाका लागि अफगानिस्तानबाट कुनै रुपमा आफ्ना सेना निकाल्नु उसको विदेश नीतिको मुख्य अंश भएको छ। गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान र अमेरिकाबीच चलिरहेको अफगानिस्तान शान्तिवार्ता रद्द भएको घोषणा गरेका थिए। तर अहिले पनि यो विषयमा कुराकानी अन्त्य भएको बुझ्न सकिँदैन। तर औपचारिक रुपमा कुनै प्रकारको युद्धविराम नहुँदा अफगानिस्तानमा हरेक साता सयौं जनाले मृत्यु बेहोर्नुपरिरहेको छ।

यही महिनाको अन्त्यमा अफगानिस्तानमा राष्ट्रपति निर्वाचन हुँदैछ। निर्वाचनमा पहिलेभन्दा बढी हिंसा हुने चिन्ता गरिएको छ।

महिनाभरि लगातार हिंसा
बिबिसीले संकलन गरेको तथ्यांक अनुसार अगस्टमा मात्रै प्रत्येक दिन अफगानिस्तानमा करिब ७४ जनाले हिंसात्मक घटनामा ज्यान गुमाउने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मुस्लिमहरुले मान्ने ईद–अल–अजहाको समयमा मात्र सरकार र तालिबानले अनौपचारिक रुपमा तीन दिन युद्धविराम गरेको दावी गर्ने गरेका छन्। उक्त चाडको १० अगस्टको साँझबाट १३ अगस्ट साँझसम्म हेर्दा ९० जनाको मृत्यु भएको थियो। जसमा एक दिनमा अधिक अधिक मानिस मारिएका थिए। २७ अगस्टमा जब हवाई हमला भयो, एकै ठाउँमा १६२ जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। यसमा अधिकांश तालिबान लडाकु र केही सर्वसाधारण थिए।

सर्वसाधरण नागरिकमाथि घातक धमला १८ अगस्टमा भएको थियो। यो घटनामा ११२ जनाले ज्यान गुमाएका थिए। एक आत्मघाती हमलामा भने ९२ जनाको मृत्यु भएको थियो। काबुलमा भएको एक विवाह समारोहमा आत्मघाती हमला भएको थियो। त्यहाँ १४२ जना घाइते भएका थिए।

दुलाहा बन्न लागेका मीरबाइज जडो पेसाले एक टेलर थिए। उनको जिन्दगीमा यो सबैभन्दा खुसीको दिन हुँदै थियो। यसका लागि उनले धेरै मेहनत गरेर पैसा जम्मा गरेका थिए। तर यो आत्मघाती हमलामा उनका धेरै आफन्तहरुले ज्यान गुमाए। उनका दुलहीका भाइ र कैयौं नातेदारहरुको मृत्यु भयो। ‘मेरी पत्नी उक्त विवाहको सबै कपडा र एल्बम जलाएर खरानी पार्न चाहन्छिन्,’ उक्त घटना सम्झिँदै मीरबाइज भन्छन्, ‘एकै मिनेटमा मेरा सबै आशा र खुसीहरु समाप्त भए।’

यो हमलाको जिम्मा कथित चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हिंसामा सबैभन्दा प्रभावित को?
२००१ पछि तालिबानले बिस्तारै शक्ति गुमाउँदै लग्यो। तर बिबिसीको तथ्यांक अनुसार अगस्टमा मारिएका मध्ये ५० प्रतिशत दोषी तालिबानी लडाकु देखिन्छ। यो आँकडा आफैमा आश्चर्यजनक र अन्दाज गरिएको भन्दा धेरै हो।

तथ्यांकमा धेरै कारण हुन सक्छन् तर शान्ति वार्ताको समयमा तालिबान र अमेरिकी सेना दुवै आक्रामक भएको देखिन्छ। तालिबानले धेरै मानिस जमघट भएको स्थानमा आत्मघाती हमला गरे भने अमेरिकी सेनाले हवाई हमला र रातको समयमा अभियान चलाए। जसका कारण अधिक तालिबानी लडाकु र आम नागरिकको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ। 

हालसम्म तालिबानका कति लडाकु मारिए, यसको यकिन तथ्यांक छैन। तर अनुमान के गरिन्छ भने तालिबानको साथमा अहिले लगभग ३० हजार हतियारधारी लडाकु हुन सक्छन्। 

त्यस्तै अफगानी सुरक्षा बलका कति सैनिक हिंसामा मरे भन्ने तथ्यांक पनि अहिलेसम्म अत्यन्त गोप्य रहेको छ। यी कारणले पनि बिबिसले जम्मा गरेको तथ्यांक अझ कम हुने र वास्तविकभन्दा कम हो भन्ने पुष्टि हुने देखिन्छ। 

यही वर्ष जनवरीमा अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भनेका थिएऽ, '२०१४ पछि अहिलेसम्म सुरक्षाबलका ४५ हजार सदस्यले ज्यान गुमाएका छन्।' बिबसीले यो कुराको पुष्टि गर्छ। अगस्टमा ४७३ आम नागरिकको मृत्यु भयो र कुल ७८६ आम नागरिक घाइते भए। अफगानिस्तानमा रहेको संयुक्त राष्ट्र मिसन (युएनएएमएए) का मानव अधिकार प्रमुख फियोना फ्रेजरले यो युद्धले आम नागरिक धेरै प्रभावित भएको बताए। ‘यहाँको युद्धमा नराम्रोसँग प्रभावित आम नागरिक नै हुन्,' फ्रेजरले भने, ‘संयुक्त राष्ट्रको तथ्यांकले पनि कुनै अन्य स्थानको संर्घषभन्दा अफगानिस्तानमा भएको युद्धमा अधिक आम नागरिकको हताहत भएको छ।’

अमेरिका र अफगान सेना नियमित रुपमा आम नागरिकको हताहती संख्या कि त अस्विकार गर्ने गर्छन् कि त बताउनै चाहँदैनन्। देशको उत्तरी सहर कुन्दुजको लडाइँ र काबुलमा भएको विवाह समारोहको आत्मघाती आक्रमण जस्ता हिंसाका कैयौं घटना अन्तर्राष्ट्रिय समाचार बनेका छन्। तर, अफगानिस्तानमा आम रुपमा भइरहेका अफगानी सुरक्ष बल र तालिबानबीच भएको लडाइँ वा मुठभेडका घटनालाई सामान्य रुपमा लिइने गरिन्छ।

अफगानिस्तानको ३४ प्रान्तमध्ये केवल तीन प्रान्तमा मात्र बिबिसीले आफ्नो तथ्यांक पुष्टि गर्न असमर्थ भएको थियो। अफगानिस्तानमा हुने हरेक १० मध्ये एक मृत्यु तालिबानको नियन्त्रणमा रहेको र अपेक्षाकृत शान्त गजनी प्रान्तमा भएको थियो। यस कारण पनि यी क्षेत्र सैन्य अभियानको मुख्य लक्ष्य रहेको थियो। गजनीमा भएका ६६ हमलामध्ये एक तिहाइ संदिग्ध तालिबान अखडामा हवाई हमला भएका थिए।

अफगानिस्तान नागरिकले अत्यधिक अनिश्चितताको भुमरीमा रहेको महसुस गर्दै आएका छन्।

कन्धारको मुख्य अस्पतालमा बिबिसीसँग उरुजगान प्रान्तका मोहिबुल्लाहसँग भेट भयो। उनको भाइको काँधबाट डाक्टरले गोली निकालिरहेका थिए। मोहिबुल्लाह आक्रोशित देखिन्थे। ‘जब हाम्रो इलाकामा कुनै अभियान हुन्छ त आम नागरिकलाई कतै पनि जान दिइँदैन,' उनले भने, ‘यदि कसैले यस्तो गरेमा अमेरिकी या अफगान सैनिक उनीहरुलाई गोली हानेर मार्ने गर्दछन्।’

आफ्नो भाइको कुनै गल्ती नहुँदा पनि गोली खानुपरेकोमा उनी अमेरिकी र अफगान सैनिकप्रति रिसाएका थिए। ‘उनीहरु जहाँ चाहन्छन् मनलाग्दी बम बर्साउँछन्। हाम्रो वरिपरिका कुनै पनि सद्दे घर छैनन्,’ उनले भने, ‘सबै विनाकारण ध्वस्त भएका छन्।’

के दुनियाँमा सबैभन्दा हिंस्रक संर्घष यहीँ हो?
अफगानिस्तानमा चलिरहेको युद्धले अब चार दशक पूरा गर्देछ। यो क्षेत्र कैयौं वर्षदेखि बन्धकजस्तै बनेको छ।

गत वर्षको अन्त्यमा ‘आम कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटा प्रोजेक्ट (एसिएलइडी)’ ले अफगानिस्तानमा युद्धका कारण भएका मध्ये संसारको सबभन्दा हिंस्रक संघर्ष भनेर मानेको थियो।

२०१९ मा हताहतको तथ्यांक हेर्दा एसिएलइडीको अनुसार अफगानिस्तान अहिले पनि हिंस्रक संघर्षको गढ रहेको छ। यी तथ्यांक अनुसार अफगानिस्तानमा अगस्ट महिनामा सिरिया र यमनको तुलनामा तीन गुणा अधिक मृत्यु भएको थियो। जुन २०१९ मा ग्लोबल पिस इन्डेक्सको प्रतिवेदनमा अफगानिस्तान संसारकै सबैभन्दा कम शान्तिपूर्ण स्थान भएको तथ्यांक सार्वजनिक गरेको थियो।

 


कसरी संकलन गरियो तथ्यांक?
२०१९ मा १ अगस्टदेखि ३१ अगस्टबीच बिबिसीले अफगानिस्तानमा भएका १२ सयभन्दा बढि हिंस्रक घटनाको सूची तयार पारेको थियो।

यसपछि बिबिसी अफगान सेवामा जोडिएका पत्रकारहरुले हरेक रिपोर्टमा उल्लेख भएका घटनाहरुको पत्ता लगाएका थिए। यसको पुष्टिका लागि कैयौं सरकारी अधिकारी, स्वास्थ्य कार्यकर्ता, स्थानीय वृद्ध, स्थानीय जनता, घटनास्थल देखेका र भोगेका मानिसहरु, अस्पतालको विवरण, तालिबान र स्थानीय टिमसँग यसको पुष्टि गरेका थिए। जुन हमलामा मृत्यु वा घाइते भएको संख्या कुनै सीमामा दिइयो (जस्तो १० देखि १२) त्यसमा न्यूनतम अंकलाई मान्यता दिइएको छ। 

यदि फरकफरक स्रोतले दिएको तथ्यांकमा फरकपन देखापरेमा कम संख्यालाई विश्वास मानिएको छ। यस कारण पनि हिंसाका सयौं घटनाहरु तथ्यांकमा समावेश गरिएको छैन। यस कारण पनि घाइतेहरुको संख्या अधिक कम देखिएको हुन सक्ने बिबिसीको अनुमान छ। 

(याे फिचर बिबिसी हिन्दीबाट अनुवाद गरिएकाे हाे।)

 

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्