काठमाडौं– डाँका मुद्दामा ६ वर्ष जेल सजाय सुनाए पश्चात फरार भएका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–२ का ५२ वर्षीय मो. भोला मंसुरी छन् । उनलाई इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ बन्दिपुरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मिर्चया ल्याई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।
सिरहा चन्द्र उदयपुर वस्ने रहमत राई र सोही ठाउँका जमाहिर मियाले मंसुरीविरुद्ध डाँका मुद्दामा किटानी जाहेरी दिएका थिए । उनीहरुको घरमा २०६९ साउन २ गते मंसुरीसहितको समूहले डाँका गरेको थियो ।
जिल्ला अदालत सिरहाले २०७१ वैशाख ३० गते उनीविरुद्ध ६ वर्ष कैद र १ लाख ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका उनी ५ वर्षपछि पक्राउ परेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।