काठमाडौं- बिश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा जित हात पारेपछि नेपालका कप्तान पारस खड्काले बसन्त रेग्मीको प्रशंसा गरेका छन्। उनले विगतमा पनि कठिन अवस्थामा यसैगरी उत्कृष्ट ब्याटीङ गरेर नेपाललाई जिताएको भन्दै उनले यसपटक पनि उनले आफुलाई प्रमाणित गरेको प्रतिक्रिया दिए।
यूएईको दनेसनल डट एईसँग कुरा गर्दै उनले खेल कसरी आफ्नो पक्षमा आयो आफु समेत चकित भएको बताए। बलरहरु उत्कृष्ट काम गरेको र ब्याटीङमा अझै सुधार गर्नुपर्ने उनको भनाई छ। उनले भनेका छन् -आजको जितबाट कप्तानको रुपमा म निकै खुशी छ, यो मोमेन्टमलाई निरन्तरता दिने हाम्रो आशा छ।
नेपालले १ विकेटले नामिबियालाई हराएको हो। एक सय ३९ रनको लक्ष्य दिएकोमा १ विकेट बाँकी रहदा ४९.२ ओभरमा नेपाल जित हात पारेको हो।
पारसले क्रिक इन्फोलाई दिएको प्रतिक्रिया भने यस्तो छ (भिडियो) :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।