काठमाडौं -आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलो खेलमा रोमाञ्चक जीत हात पारेको नेपालले शुक्रबार दोस्रो खेल खेल्दैछ। शुक्रबार ओमानसँग नेपालले प्रतिस्पर्धा गर्नेछ।
ओमान नेपालभन्दा कमजोर टिम हो। ओमान डिभिजन ३ बाट बढुवा भएर २ मा आएको हो। डिभिजन ३ बाटै आएको अर्काे देश क्यानाडाले बिहिबार ओमानलाई ८ विकेटले हराएको थियो। नेपालले पनि ओमानमाथि सहज जित हात पार्ने बिश्वास नेपाली टिमको छ। यद्यपी कमजोर आँकलन गरेर आफुहरुले नेपाली खेलाडीहरु बताउँछन्।
शुक्रबार एफीज पार्क ग्राउण्डमा नेपालले ओमानको सामाना गर्नेछ।
यस प्रतिस्पर्धाका उत्कृष्ट २ टिमले बिश्वकपको क्वालिफायिङ खेल्ने अवसर पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।