• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अनुभूति : संक्रान्ति अर्थात् क्रान्ति

64x64
नेपाल लाइभ शुक्रबार, माघ २६, २०७४  ०६:४४
1140x725

यादको चोकमा गएर कहिल्यै देखा परेर त हेर

त्यहाँ सन्नाटाले चर्को आवाजमा कोलाहल मच्चाउँछन्।

एउटा संक्रान्ति जाँदैमा याद पुरानो हुँदैन। बरु प्रत्येक पटक संक्रान्तिले यादको बोटमा पानी हाल्छन्, मलजल गर्छन्।

***

अबेरसम्म डुल्ने होइन नि फेरि!

- हस् के। चाँडै जान्छु कोठामा।

मुस्कुराउँदै अफलाइन भएथेँ म।

पोहोरको मृत भित्तेपात्रोको छातीमा लेखिएको एउटा संक्रान्ति। १०:०६ बजे।

Ncell 2
Ncell 2
nimb
nimb

कोलाहल रात।

कुममा दुवैतिरबाट धक्का मारिरहेछ भीडले। अगाडि दिनेश। पछाडि म। भीडको एक-एक टुक्रा हामी। भीडमा को थिएन? के थिएन? पूरा देवघाट नशामा थियो। भर्खरै महेश काव्य यामिनीमा साहित्यपान गरेर लठ्ठिँदै निस्किएका हामी।

त्रिशुलीमाथि लामो मेरुदण्ड तेर्स्याएर सुतेको पुल नशामा थियो। खुब हल्लिरहेको थियो। तल बगिरहेको त्रिशुली उस्तै नशामा हिँडिरहेको थियो। मध्यराति नयाँ सडकमा हरिभक्त कटुवाल हिंडेसरि।

सानो अँध्यारो छायामा पनि टपक्क जोडिएर पूर्वाभिमुख भएर कन्यादानको समयमा जस्तो उभिएका एकजोडी तन्नेरी नशामा थिए। युवतीका काखीमुनिबाट अगाडि गएर थोरै बाङ्गिएर कुन्नि के गरिरहेका युवकका एक थान हात नशामा थिए। छेउको प्रतीक्षालय गाइरहेको थियो- देऊ-देऊ सानी एक बोतल घरमै पारेको।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हिँडिरहेका, जवानीको पहिलो किस्ता बाँचिरहेका युवायुवतीले शिरमा रातो बलिरहेका सिङ लगाएर हिँडिरहेका। कोही-कोही त सिङ लगाएर छिटो-छिटो हिँड्दा अँध्यारोमा सिङ मात्रै देखिनाले महसुस गर्दा हुन् कि- हान्ने साँढे आइरहेछ उताबाट। यो लगाउनुको दुई वटा फाइदा टड्कारो देखा परे। प्रथम त आफ्नो मजा छँदै छ, दोस्रो रहेछ अँध्यारोमा देखियोस् कि- म पनि छु यो भीडमा। अस्तित्वको लडाइँ।

एकछिन सोचेथेँ मैले, मान्छेको अचेतनमा पशुपन कति रहेछ भनेर। लामालामा नङ पाल्ने सोख छ, सिङ लगाएर हिँडिरहेछ। लगत्तै मेरो सोचाइको प्रवाहमा नारनले भाँजो हालेको थियो। अगाडिबाट आइरहेकी, पोलमा बलेको सोलारको झिनो प्रकाशले पनि छुन लाज मानेर अलिकति मात्रै छुनाले हलुका बलेको मुहार धारण गरेकी, शिरमा सिङ धारण गर्नाले दुवै सिङमा बलेको रातो प्रकाशले, रङ हाल्नाले अर्कै बनाएको एकमुठो केशराशिलाई अझै दिव्य र आकर्षक पारिरहेको टाउको बोकेकी एक युवतीलाई नजिकै पुगेर थोरै झुकेर नारेले भन्छ- नारायणम् गौमाताजी!

लागेको थियो, नारेले अब राम्रोसँग केही फिटजति उचाइ भएका पादुका ज्यूनार गरिबक्सिन्छ। तर, त्यस्तो भएन। न त छेउमा रहेको साँढेले हान्ला जस्तो गर्‍यो। गौमाता त झन् मुस्कुराएर पो जानुभो।

हुन त नारन अलिक अग्लो र खाने बेलामा बाउआमाले साथमै राखेर ख्वाए जस्तो छ। हर कोहीले सीधा आँखाले हेर्न सक्दैनन्। मैले पनि उसको बलियो र अग्लोपनको छहारीमा बसेर दुई-चार जनासँग निहुँ खोजेको छु। अन्तिममा नारनले झपारेर पठाइदिएको छ उनीहरूलाई। अनि मैले आफ्नो साहसमा गर्व गरेको छु। एक चक्कर लगाएपछि मेलाको सचिवालय आएर हाम्रो अगाडि उभिन्छ।

दिनेशले मुस्कुराउँदै भन्छ- एउटी केटीको नाम भन् त।

-किन?

-भन् न भन्।

- मुनरिया।

दिनेश भीडमा हराएथ्यो उतिबेलै।

त्यो समय त्यस्तै थियो। त्यो मन त्यस्तै थियो। यदि उसले दुई वटा केटीको नाम भन्न लगाएको भए पनि म उसकै नाम दुई पटक भन्थेँ- मुनरिया, मुनरिया। थर बरु आफ्नै दिन्थेँ।

ए अँ, मुनरिया!

कुन्नि के प्रसंगमा दिदीले सोध्नुभएथ्यो- उसको नाम के हो नि?

मैले नबुझे जस्तो गरेर भनेथेँ- को ऊ?

दिदीले थोरै स्पष्ट पारेर भन्नुभएथ्यो - त्यो के, जसलाई तँ धेरै सम्झिन्छस्।

- मैले धेरै सम्झिनेको नाम? त्यै दारे त हो नि उसको नाम।

छेउमा रहेकी दिदीले धेरै सम्झिनेको नाम भन् भन्दा आफ्नो नाम भनेकोले भित्र खुसी हुँदै र साथमा रिसाउँदै (किनकि मैले दिदीको बोलाउने होइन, जिस्क्याउने नाम लिएको थिएँ) मेरो कान समातेर भन्नुभएथ्यो- भन्छस् कि एक बित्ता लामो नकाटेको नान जस्तो बनाइदिम् तेरो कान?

- नाइँ नाइँ, छोड्नु न। भन्छु के।

- छिटो भन्। अनि मात्रै छोड्छु।

- मुनरिया के।

- अनि थर?

- खातुन।

- हँ! खातुन? यो खा तुन, चपा तुन, निल् तुन भन्ने कस्तो जातको थर हो?

मैले हाँस्दै भनेथेँ- तल्लो भन्दा नि अझ तल्लो जात हो। अझ मुस्लिम हो। कति नाम्रो नाम-थर है! अझ अन्त्यमा अर्याल पनि जोडेर उच्चारण गर्नु त। कस्तो गज्जप सुहाउँछ! 
अनि मैले उच्चारण गरेथेँ- मुनरिया खातुन अर्याल।

दिदीले भन्नुभएथ्यो- आमैलाई पानी चल्दैन यस्ताले त। अर्की खोज्।

मैले झटपट भनेथेँ- ऊ नभए याँ आफ्नो सास चल्दैन, हजुर पानीको कुरार्नुन्च।

दिनेश नाम सुनेर गएको थियो अघि।

खै! कताबाट दिनेश आएर मुस्कुराउँदै भनेथ्यो- अब कान खोलेर सुन्। त्यही समय सचिवालयको मान्छेले ठूलो स्वरमा भनिरहेको थियो- मुनरिया अर्यालज्यू, तपाईं जहाँ हुनुहुन्छ तुरुन्तै घाटचोकको स्वर्गलोक द्वारमा पुग्नुहोला। त्यहाँ तपाईंका श्रीमान् कृष्णप्रसाद अर्यालले पर्खिरहनुभएको छ।

सचिवालयको मान्छेलाई फेरि गएर भनेथ्यो दिनेशले- अझै केही पटक दोहोराउनुस् न!

फेरि उस्तै गरेर सालका रुखमा झुन्ड्याइएका चारै दिशालाई आक्रान्त पारेर आवाज गरिरहेका स्पिकरबाट उही सूचनाले कोलाहलपूर्ण वातावरणलाई चिर्ने सक्दो प्रयास गरिरहेको थियो। लाग्यो- मानौं यो आवाज हावाले धकेल्नाले सुमेरु पर्वतमा ठोक्किएर प्रतिध्वनित भएकाले संसारका हरेक खोंच, खोल्सा हुँदै समथर भूभाग सारा दगुरेर थाक्दो अवस्थामा म उभिएकै भूगोलको दुई पाइला जमिनमाथि कतै उभिएकी तिमीलाई कुनै नयाँ कुरा आमालाई सुनाउन दगुरेर आएको बालक जोडजोडले फेरिरहेको सासले गर्दा रोकिँदै तर छिटो-छिटो सूचना सुनाइरहेको थियो र तिमी सुस्त हाँसेर कुन्नि कता हेरिरहेकी छौ।

म अवाक् थिएँ। मेरो आकाश थाकेर कतै थुचुक्क बसे जस्तो। माथि घुमिरहेको चर्खे पिङभन्दा अझ बाक्लो गरेर घुमे जस्तो लागिरह्यो। मैले त्यसअघि कहिल्यै श्रीमानको रुपमा आफूलाई कल्पनामा पनि उतारेको रहेनछु। एकखेप रमाइलो छाए जस्तो, नमज्जा लागे जस्तो। खै कस्तो-कस्तो!

दिनेशले हात समातेर भनेथ्यो- हिँड्, च्या खान जाम्।

ए मान्छे,
के मैले स्वर्गलोक द्वारमै कुरिरहनुपर्ने हो? त्यसभन्दा अघि हाम्रो भेट नहुने नै हो?

फेरि यो साल पनि संक्रान्ति आएर गयो। दिनेश आयो। म घाटचोक गेटमा धेरैबेर उभिएँ। रात बूढो हुँदै गयो। आठौं कप चिया प्युँदै गर्दा मोबाइलमा अलार्म बज्यो। मलाई फेरि एक पटक ज्ञान भयो- ननिदाए पनि रात सकिन्छ। ननिदाए पनि अलार्मले भन्छ- ए केटा उठ्। ब्युँझी अब।

यो रातको मन हुँदैन। त्यसैले त मलाई यो अवस्थामा देखेर पनि ढिलो गरेर बूढो हुन्छ।

अस्ति।
२ गते।
चितवन महोत्सव।

खै! कुन स्टल अगाडि उभिएका थियौं हामी। एक जनाले उभिएर खै केको पर्चा बाँडिरहेको थियो। आउने-जाने दोहोरै तर्फकाले नै त्यो पर्चा लिएर जान्थे। मैले पनि एउटा समातेँ। दिनेशले भन्यो- 

'मान्छेले भन्छन् नि शहरका मान्छेको मन हुँदैन। तर, त्यस्तो होइन। हुन्छ मन। यिनीहरूले पनि मन ऊ त्यो मान्छेले पर्चा बाँडे जस्तो बाँड्छन्। तँ जस्तै ल्वाँठले मात्र त्यो पर्चा पढ्छन्। अरुले त कतिबेला कहाँ फ्याक्छन् थाहा हुँदैन। अनि तँ जस्तै ल्वाँठहरू त्यही मन दिनेलाई सम्झिँदै रुँदै गर्छन्। दिनेलाई त थाहै हुँदैन मन कति जनालाई दिएँ भन्ने पनि।'

मैले मुनरियालाई सम्झे थेँ त्यो समय। ऊप्रति महँगो लगाव छ मेरो, लगानी छ मेरो। बालुवामा पानी खन्याएभन्दा महँगो छ लगानी। तर, व्यापार थिएन त्यो।

सुनगाभा पुस्तक पसलको स्टल अगाडि पुगेपछि अडिएका थियौं र सोधेथ्यो दिनेशले- एउटा राम्रो अंग्रेजी उपन्यास कुन छ?

फेरि मतिर फर्किएर भनेथ्यो- बर्थ डेमा गिफ्ट के दिने होला?

- मुटु निकालेर हातमा राख्दे।

- भेजिटेरियन हो यार ऊ।

- ए, उसो भए जंगलतिर लगेर एकछिन चराएस्।

सचिवालय अगाडि आएपछि भनेथ्यो- संक्रान्ति मेलामा झैं गर्ने र?

मलाई मन लागेथ्यो- आफैं हराएको सूचना दिऊँ र तल बगरमा गएर सुनौं आफैं हराएको सूचना। अनि क्रमशः नारायणीमा होमिऊँ।

यो त मन लागेको कुरा भयो। तर, त्यति बेला यस्तो भएथ्यो-

बच्चाले पानामा घरको चित्र बनाएर पुरानो घरको चर्किएको भित्तामा थुक लगाएर टाँसेको चित्र जस्तो घाउमा बसेको खाटो। यादको सानो हावाले उडाइदिएको थियो। फेरि भत्किएको घरको पुराना हाडछाला देखिएका थिए। म बूढो भइसकेको थिएँ। मलाई उभिन पनि दिनेशको हात समात्नुपरेको थियो।

प्रत्येक साल संक्रान्तिमा यादले क्रान्ति गर्नेछन्।

प्रत्येक मसान्तको बिहान तिमीले मलाई भग्नावशेष रुपमा भेट्नेछौ। भग्नावशेष रुपमा पाउनेछौ। पुरानो किल्ला जस्तो। पुरानो मान्छे जस्तो। 

म पछि पनि मान्छे नै हुनेछु।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्