काठमाडौं– सहकारीको ८५ किलोको फलामको सेफ चोरी गरेको आरोपमा दाजुभाइ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापकाे दोरम्बा गाउँपालिका–४ का १८ वर्षीय सुनिल थापामगर र उनका दाजु २१ वर्षीय दानबहादुर थापामगर छन्।
फाेडेकाे अवस्थामा चाेरी भएकाे ८५ किलाकाे फलामकाे सेफ।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट चोरी गरी लगेको फलामको सेफ फोडिएको अवस्थामा १ थान, फलामको ४ फिट २ इन्चको गल १ थान, मोवाइल १ थान, ५३ हजार रुपैयाँ नगद, चोरी गर्दा प्रयोग भएको कपडा १ जोर बरामद गरेको छ।
उनीहरुले काठमाडौंका विभिन्न सहकारी तथा वित्तीय संस्थाहरुको ढोका फोडेर सेफलगायत सामान तथा रकम चोरी गर्ने गरेको प्रहरीले जनाएको छ।
भदौ २५ गते राति ८ बजे मात्रै उनीहरुले काठमाडौंको पेप्सिकोलास्थित टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको ८५ किलो बराबरको सेफ र उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ चोरी गरेका थिए।
पक्राउ परेका उनीहरुलाई कारबारहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
चाेरी गर्दा प्रयाेग भएकाे कपडा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।