लन्डन- जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी 'अल्दी'ले आगामी दुई वर्षमा १ सयभन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ।
यसबाट बेलायतमा ५ हजार रोजगारीका अवसर थप हुने उक्त कम्पनीले जनाएको छ।
उक्त कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा १ हजार २ सय पुर्याउने पनि बताएको छ।
संयुक्त अधिराज्य र आएरल्यान्डका लागि कम्पनीका प्रमुख व्यवस्थापक गिल्स हर्लेले भने, 'हामीले बजार विस्तारलाई बेलायतका सम्पूर्ण भागमा पुर्याउने योजना रहे पनि तत्काल थप हुने पसलहरूलाई भने लन्डनमा नै स्थापना गरिनेछ।'
अल्दीको स्वदेशी प्रतिस्पर्धी 'लिडल'ले बेलायतमा ४० स्थानमा बजारलाई विस्तार गरी १ हजार ५ सय जनालाई रोजगारी दिने योजना सार्वजनिक भएको ३ महिनापछि अल्दीले पछिल्लो योजना ल्याएको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।