काठमाडौं- थ्रीस्टार क्लब बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ।
थ्रीस्टारले बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतको दुर्गापुर स्टिल एफसीलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
थ्रीस्टारको जितमा विष्णु गुरुङले गरेको गोल निर्णायक साबित बन्यो। विष्णुले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि थ्रीस्टारले रोमाञ्चक जित हात पारेको हो। उनी खेलको ७३ मिनेटमा अनन्त तामाङको स्थानमा मैदान छिरेका थिए।
खेलको म्यान अफ दि म्याच थ्रीस्टारका गोलकिपर एलन न्यौपाने घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
अब उपाधिका लागि थ्रीस्टारले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार हुनेछ। संकटा क्लबलाई २–१ ले हराएर पुलिस फाइनलमा प्रवेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।