काठमाडौं– बिहीबार नामिबियाविरुद्ध सन्दीप लामिछानेले गरेको बलिङलाई दिल्ली डेयरडेभिल्सले ‘ब्रिलियन्ट स्पेल’ भनेको छ। आफ्नो फेसबुक र ट्वीटरमा डेयरडेभिल्सले सन्दीपको उत्कृष्ट बलिङले नेपालले नामिबियालाई एक सय ३८ रनमा अलआउट गर्न सफल भएको टिप्पणी गरेको छ।
सन्दीप आइपिएसलको यो सिजनमा दिल्ली डेयरडेभिल्सबाट खेल्दैछन्। आइपिएलमा सहभागी हुने उनी पहिलो नेपाली खेलाडी हुन्।
आइसिसी डिभिजन–२ को पहिलो खेलमा सन्दीपले प्रभावशाली प्रदर्शन गरेका छन्। ८.२ ओभर बलिङ गरेका उनले १८ रन दिएर ४ विकेट लिएका थिए। २ ओभर उनले मेडन गरे। नेपालले एक सय ३९ रनको लक्ष्य पछ्याइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।