• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सहुलियत मूल्य पसल सरकारको देखाउने दाँत, प्रभावकारिता अध्ययन संयन्त्र नै निष्प्रभावी

64x64
नेपाल लाइभ सोमबार, भदौ ३०, २०७६  १७:०५
1140x725
  • दृष्टान्त एकः गतवर्ष दसैंतिहारका बेला चिनीमा भएको मुल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भयो। तर, आफ्नै स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री हुने चिनी बिक्री वितरणमा रोक लगायो। यसवर्ष पनि साल्ट ट्रेडिङले बेच्ने चिनी बाहिर बिक्री हुँदै आएको चिनीभन्दा महँगो छ। सहुलियत पसलमा उपभोग्य वस्तुको मूल्य महँगो भएपछि उपभोक्ता कसरी आकर्षित हुन सक्छन्? 

  • दृष्टान्त दुईः उपभोक्तालाई सहज र कम मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले खोलिएका सहुलियत मूल्य पसल बिहान १० बजेमात्र खुल्छन् भने बेलुका ५ बजे नै बन्द भइसक्छन्। दिउँसोको समयमा भन्दा साँझतिर उपभोक्ता बजारमा सामान किन्न निस्किन्छन् भन्ने कुरा सरकारलाई हेक्का नभएकै हो? 

  • दृष्टान्त तीनः सहुलियत पसल सहरिया उपभोक्तालाई बढी आवश्यक कि गाउँ र दुरदराजका बासिन्दालाई? काठमाडौंमै खोलिएका सहुलियत पसलमा सबै उपभोक्ताको पहुँछ छ त? 

OOO

सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको साल्टट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको दुग्ध विकास संस्था (डिडिसी) ले भदौ २३ गतेबाट सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएका छन्। तर त्यस्ता पसलहरुमा नै बाहिरको भन्दा सामान महँगो भएको भन्दै उपभोक्ता गुनासो गरिरहेका छन्। दसैं तिहार लगायत चाडबाडको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै हरेक वर्ष सरकारले सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ। तर, त्यस्ता पसल भने सरकारको देखाउने दाँत मात्रै हुने गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको बुझाइ छ। 

चाडबाडलाई लक्षित गर्दै सबै प्रदेशमा सहुलियत पसल सञ्चालन गर्ने भन्दै प्रचारबाजी गरेको सरकारले आफ्नै बोलीलाई पनि पूर्णता दिन सकेन। राजधानीका केही स्थानमा मात्र सीमित बनाइएको सहुलियत मूल्य पसल दुरदराज र गाउँगाउँमा आवश्यक छैनन्? यो गहन प्रश्नका रुपमा देखिएको छ।

‘उपत्यकामा मात्र सञ्चालन गरिएका घुम्ती पसलहरुले दिने सेवा यहाँभन्दा विकट गाउँका लागि बढी प्रभावकारी हुन्छ, तर राज्यले यस विषयलाई महत्वमा राख्न सकेन,’ तिमल्सिना भन्छन्। 

विभिन्न वस्तु खरिदका लागि उपभोक्ता साँझ वा बिहानको समयमा बजार निस्किने गर्छन्। तर, सहुलियत मूल्य पसल भने उपभोक्ताको चाप बढी हुने समयमा बन्द हुने गरेका छन्। बिहान १० बजेदेखि बेलुका ५ बजे सम्ममात्र यस्ता पसल सञ्चालन भइरहेका छन्। जुन उपभोक्ताका लागि निकै अपायक समय हो।

nimb
nimb
Ncell 2
Ncell 2

सहुलियत मूल्य पसलमा सरकारी कर्मचारी नै खटाइएका कारण उनीहरुलाई समय व्यवस्थापन गर्न असजिलो भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको भनाइ छ। यसरी साँझ र बिहानको समयमा कर्मचारीलाई खटाएर पसल सञ्चालन गर्ने विषयमा सरकार जानकार भएपनि मौन बसेको देखिन्छ। 

सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसलहरु प्रभावकारी भएको नभएको भन्ने विषयमा अनुगमन समिति बनाइएको भए पनि त्यस्तो समिति सहुलियत पसलहरुको स्थलगत अनुगमनमा गएको तथ्यांक मन्त्रालयसँग छैन। जसका कारण उक्त समितिको प्रभावकारिता खासै देखिँदैन। 

सहुलियत मूल्य पसलका लागि भन्दै सरकारले हरेक निश्चित बजेट छुट्याउने गरेको छ। तर उक्त रकमको सही सदुपयोग भए नभएको बारे अनुगमन भएको देखिँदैन। सहुलियत पसल सञ्चालन गरेका सरकारी निकायहरुले आफूले बेचेको सामानको भुक्तानी अन्तिममा माग्ने गरेका छन्। तर उनीहरुरुले दाबी गरेको भुक्तानी रकम सही वा गलत भन्ने विषयमा अध्ययन अनुसन्धान गर्नका लागि कुनै संयन्त्र परिचालित भएको देखिँदैन। 

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका ११ वटा र उपत्यका बाहिरका २४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ। त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा ५ स्थानमा र उपत्यकाबाहिर १८ स्थानमा गरी कुल २३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ। 

डिडिसीले उपत्यकाभित्रका ४ स्थान र उपत्यकाबाहिर ११ स्थान गरी १५ वटा सहुलियत पसल सञ्चालनमा ल्याएको जनाएको छ।

‘यी सबै सहुलियत पसलहरु सहरी क्षेत्रमै सञ्चालनमा आएका छन्। विकट गाउँबस्तीसम्म पुग्न सकेका छैनन्। जहाँ वास्तविक रुपमा यस्ता पसलको आवश्यकता थियो,’ तिमल्सिना भन्छन्। 

विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार सहुलियत पसलमा चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा प्रतिकिलो २ रुपैयाँ, घिउमा प्रतिकिलो ५० रुपैयाँ, खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट छ। तर यिनै वस्तुहरु केही व्यावसायिक मार्ट र व्यवसायीहरुले सहुलियत मूल्य पसलमा भन्दा सस्तोमा बेचिरहेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर नभएको सांसद स्वाँरको आरोप
प्रतिनिधि सभा बैठक (लाइभ)
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर नभएको सांसद स्वाँरको आरोप सोमबार, भदौ ८, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
पकेटमार र बलात्कारीलाई एउटै सजाय दिन मिल्दैन : सांसद क्षेत्री सोमबार, भदौ ८, २०८३
सांसद गच्छदारको प्रश्न : ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्