काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ।
नेपालले नामबियाको सुरुवाती ८ विकेट लिइसकेको छ। नेपालका लागि सन्दीप लामिछाने २ विकेट लिएका छन् भने सोमपाल कामीले ३ विकेट हात। सरद भेषावाकर,कप्तान पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट हात पारे। सन्दीपले महत्वपूर्ण विकेट लिने क्रममा क्रियाग विलियम्सलाई ४१ रनमा आउट गरे। विलियन्सले नामिबियाका लागि सवैभन्दा बढी रन जोड्ने क्रममा ३४ बल खेलेर ८ चौका प्रहार गरे। यस्तै, सन्दीपले सारेल वर्गरलाई शून्य रनमा आउट गरे।
त्यसअघि कप्तान पारस खड्काले इरासमसलाई शून्य रनमा आउट गरेका थिए। शरदले जेएन फ्लाइलिंकलाई २२ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट क्याच गराए। बसन्तले जेपी कट्जेलाई ९ रनमा आउट गरे।
सोमपालले सुरुवाती३ ब्याट्सम्यानलाई सिकार बनाए। सोमपालले पहिलो ओभरमा भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए। यस्तै, उनले पाँचौं ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे। यस्तै उनले तेस्रो नम्बरमा ब्याटिङमा आएका जान ग्रिनलाई २२ रनमा बोल्ड गरे।
खेलमा रोहितकुमार पौडेलले सिनियर टिममा डेब्यु गरेका छन्।
नामिबियाले ३२ ओभरमा ८ विकेटको क्षतिमा १३२ रन जोडेको छ।
नेपाली टिम – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, रोहितकुमार पौडेल, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी।
डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका सबै टिमका लागि पहिलो खेल महत्वपूर्ण छ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
टेक्स्ट लाइभ :
क्रिकइन्फो टेक्स्ट लाइभ
आइसिसीको लाइभ
सम्बन्धित समाचारहरु :
नेपाल भर्सेस नामिबिया : ३ वर्षमा खेलिएका तीनै खेलमा नेपाल हाबी, चौथो खेल जित्ने दाबी
डिभिजन–२ मा नेपालको यात्रा : ब्याटिङको भर
डिभिजन–२ : नेपालले खेल्ने तीन मैदानको अवस्था कस्तो छ?
डिभिजन–२ : ८ खेलाडी नामिबियाबारे जानकार, नयाँ ६ मध्ये ४ खेलाडी यू–१९ टिमका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।