काठमाडौं–आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग प्रतिस्पर्धा गरेको छ।
नेपालले नामबियाको सुरुवाती ४ विकेट लिइसकेको छ। पछिल्लो विकेट सन्दीप लामिछानेले लिएका छन्। उनले क्रियाग विलियम्सलाई ४१ रनमा आउट गरे।
त्यसअघि सन्त रेग्मीले हात पारे। उनले जेपी कट्जेलाई ९ रनमा आउट गरे।
सोमपाल कामीले सुरुवाती २ विकेट लिए। सोमपालले पहिलो ओभरमा भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए। यस्तै, उनले पाँचौं ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे।
खेलमा रोहितकुमार पौडेलले सिनियर टिममा डेब्यु गरेका छन्।
नामिबियाले १३ ओभरमा ४ विकेटको क्षतिमा ८० रन जोडेको छ।
नेपाली टिम – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, रोहितकुमार पौडेल, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी।
डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका सबै टिमका लागि पहिलो खेल महत्वपूर्ण छ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
टेक्स्ट लाइभ :
क्रिकइन्फो टेक्स्ट लाइभ
आइसिसीको लाइभ
सम्बन्धित समाचारहरु :
नेपाल भर्सेस नामिबिया : ३ वर्षमा खेलिएका तीनै खेलमा नेपाल हाबी, चौथो खेल जित्ने दाबी
डिभिजन–२ मा नेपालको यात्रा : ब्याटिङको भर
डिभिजन–२ : नेपालले खेल्ने तीन मैदानको अवस्था कस्तो छ?
डिभिजन–२ : ८ खेलाडी नामिबियाबारे जानकार, नयाँ ६ मध्ये ४ खेलाडी यू–१९ टिमका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।