• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ : नेकपा जिल्ला कमिटी विवाद उत्कर्षमा, माधव नेपाल र मातृका यादवलाई कारबाहीको माग

कसरी नेतामाथि हातपातसम्म पुग्यो समान्य भनिएको असन्तुष्टि?
64x64
नेपाल लाइभ सोमबार, भदौ ३०, २०७६  ०९:१७
1140x725

राजविराज- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ मा जिल्ला कमिटी गठनको विवाद उत्कर्षमा पुगेको छ। नेता/कार्यकर्ताहरु हात हालाहालको अवस्थामा पुगेका छन् भने आरोप-प्रत्यारोपले सामाजिक सञ्जाल तताएको छ।

जिल्ला कमिटी गठनमा मापदण्डविपरीत प्रदेश समितिका अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले एकलौटी र मनपरी गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन्। पार्टीका पुराना र इमानदार नेता‍/कार्यकर्तालाई पाखा लगाएर आफू निकट र पार्टीको साधारण सदस्य नै नरहेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको उनीहरुको आरोप छ।

एकपक्षीय ढंगमा गठन गरिएको जिल्ला कमिटी सच्याउन र प्रदेश अध्यक्ष साहलाई कारबाही गर्न असन्तुष्ट पक्षले नेकपा सचिवालयमा निवेदनसमेत दर्ता गराएका छन्।

अध्यक्ष साह र सचिव प्याकुरेल पक्षले भने कार्यकर्ताको असन्तुष्टिलाई ‘ठूलो संगठनभित्रको स्वभाविक प्रक्रिया’ भन्दै सामान्य रुपमा अर्थ्याउने गरेका छन्।

यसरी बढ्दै गयो विवाद
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण प्रक्रियासँगै २०७५ जेठ ३ गते नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी घोषणा भयो। केन्द्रीय कमिटीमा प्रदेशअन्तर्गतका एमाले र माओवादी केन्द्र दुवैतर्फका केही महत्वपूर्ण नेताहरु पाखा लागे।

त्यसपछि प्रदेश र जिल्ला तहमा कमिटी गठनको प्रक्रिया सुरु भयो। केन्द्रीय सचिवालयको २०७६ बैसाख ८ को बैठकले जिल्ला कमिटी गठन गर्न एउटा मापदण्ड बनायो। जिल्ला कमिटी गठन गर्दा साविक जिल्ला कमिटीका सदस्यहरू यथावत रहने र थप्न मिल्ने अवस्थामा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम मध्येबाट थप्नेगरी तयार गरिएको मापदण्द केन्द्रीय कार्यालयले गत बैसाख ९ गते जिल्ला इकाईहरुमा परिपत्र गर्‍यो।

सोहीअनुसार जिल्ला कमिटी बनाइयो। तर, प्रदेश २ मा पूर्वएमाले र माओवादी दुवै पक्षका केही नेता/कार्यकर्ता कमिटी बहिर परे। त्यसमा अध्यक्ष साह र सचिव प्याकुरेलले चलखेल गरेको आरोप छ। सोही समयदेखि उनीहरुले असन्तुष्टि व्यक्त गरिरहेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

परिपत्रको बेवास्ता गरेको आरोप
सप्तरीमा नेकपाको कूल १ सय ६५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य छन्।

माओवादीतर्फ वरिष्ठ नेता तथा जनयुद्धको क्रममा जेल, नेल र यातना भोगेकाहरुलाई पाखा लगाइएको असन्तुष्ट पक्षले आरोप लगाएका छन्। भूमिगत कालदेखि पार्टीमा सक्रिय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, बलबहादुर महतो, सहिद पत्नी कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपूर्ण नेताहरू कमिटीमा नल्याई पार्टीको सदस्य नै नभएका तथा नीति र सिद्धान्त नै नबुझेका माला कर्ण, राहुल मण्डलसहित एक दर्जनभन्दा बढीलाई कमिटीमा ल्याइएको उनीहरूको आरोप छ।

प्रहरीको लाठीचार्जबाट घाइते नेकपाका प्रदेश सदस्य देवनाथ यादव।

‘पार्टीको गुटगत स्वार्थबाट प्रेरित भएर पुराना नेताको राजनीतिक जीवन नै हत्या गर्ने प्रयास भएको असन्तुष्टले गुनासो गरेका छन्।

सचिवसहित ८४ जना पाएको तत्कालीन एमालेभित्र पनि असन्तुष्टि व्याप्त छ। तत्कालीन उपाध्यक्ष अब्दुल मजिद शाकिर, जिल्ला कमिटी सदस्य राजेन्द्र साहसहित करिब २० जना सदस्य छाँटिएको र करिब १० जना मापदण्ड नै नपुगेका नयाँ अनुहार समितिमा छिराइएको नेता/कार्यकताले गुनासो गरेका छन्।

यसैगरी, धनुषामा तत्कालीन एमाले र माओवादीबाट ७५/७५ जना गरी १ सय ५० सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ। तर, साविकको माओवादी सङ्गठनका सबै सदस्य राखिए पनि एमालेबाट ७५ जनामध्ये २२ जनालाई हटाएर नयाँ अनुहार राखिएपछि धनुषा जिल्ला कमिटी पनि विवादमा तानिएको छ।

भौतिक, यातायात तथा पूर्वाधारमन्त्री तथा नेकपाका नेता रघुवीर महासेठको चतुर्‍याइँले पार्टीको सङ्गठित सदस्यता नै नभएकालाई जिल्ला कमिटीमा ल्याइएको स्थानीय नेता/कार्यकर्ताको आरोप छ।

अन्य जिल्लाको अवस्था पनि सप्तरी र धुनषाकै जस्तो भएकाले विवाद बढिरहेको प्रदेश सदस्य देवनाथ यादव बताउँछन्।

तोडफोड गरिएका कुर्सीहरु।​​​​

नेतामाथि हातपातसम्म पुग्यो समान्य भनिएको असन्तुष्टि
असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सामान्य रुपमा अर्थ्याउने नेताहरुको प्रवृत्तिकै कारण भदौ २४ गते महोत्तरीको बर्दिवासमा आयोजित संयुक्त सपथ ग्रहण कार्यक्रम विथोलिएको हो।

विवादकै कारण नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल आउने तयारी रोकियो भने प्रदेश अध्यक्ष साह र सचिव प्याकुरेलमाथि कार्यकर्ताले हातपात गरे।

बर्दिवासमा प्रदेशका ८ मध्ये बारा र पर्साबाहेक धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट गरी विवादित ६ जिल्ला कमिटीलाई सपथ ग्रहण गराउने तयारी थियो। दिनभरको तनावपछि अन्य जिल्लाको स्थगित गरी सप्तरी र सिरहाको सपथ ग्रहण गराउने तयारी थालियो। असन्तुष्ट पक्षले सिरहा र सप्तरीको पनि शपथ ग्रहण स्थगित गर्न माग गरे।

सप्तरी र सिरहा कमिटीलाई सपथग्रहण गराएपछि सम्बोधन गर्दै प्रदेश अध्यक्ष साह।

तर, प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष साह र सचिव प्याकुरेलले कार्यक्रम अगाडि बढाउने अडान लिएपछि कार्यकर्ताले कुर्सी तोडफोड गरेका थिए। यसैक्रममा अध्यक्ष साह र सचिव प्याकुरेललाई कार्यकर्ताले हातपातसमेत गरे। उनीहरुलाई नियन्त्रणमा लिने कार्यकर्ताको प्रयास प्रहरीका कारण असफल भयो। प्रहरीले लाठीचार्ज गर्दा प्रदेश सदस्य देवनाथ यादव घाइते भए।

दिनभरको तनावपछि प्रहरी परिचालन गरेर सोही दिन राति साढे ८ बजेपछि सप्तरी र सिरहा कमिटीलाई सपथग्रहण गराइएको थियो।

तर, धेरै पदाधिकारी र सदस्य सपथग्रहणमा सहभागी भएनन्। आफू लगायतका दुई दर्जन जति सदस्य सपथ ग्रहणमा सहभागी नभएको सप्तरी जिल्ला कमिटीका सचिव गौविन्दबहादुर न्यौपानेले बताए।

माधव नेपाल र मातृका यादवलाई कारबाहीको माग
बवर्दिवासको घटनालाई लिएर नेकपा प्रदेश समितिले वरिष्ठ नेता माधवकुमार नेपाल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम् नेकपा नेता मातृका यादवसहितका नेता कार्यकर्तालाई कारबाहीको माग गर्ने तयारी गरेको छ।

सो घटना नेता नेपाल तथा स्थायी कमिटी सदस्य मातृका यादवको निर्देशनमा भएको निचोड निकाल्दै उनीहरुलाई कारबाहीको माग गर्ने तयारी भएको हो। ‘नेता नेपाल र यादवसहित प्रदेशअन्तर्गतका स्थायी कमिटी सदस्यको छलफल र सहमतिअनुसार समिति निर्माण लगायतका क्रियाकलाप भएका हुन्,’ प्रदेशका एक पदाधिकारीले भने, ‘केन्द्रमा भएको असन्तुष्टि जिल्लामा ल्याएर पोख्न पाइन्छ?’

सपथग्रहणमा सहभागी।

प्रदेश सचिव सुमनराज प्याकुरेलले भने कारबाहीको माग गर्नेबारे निर्णय भइनसके पनि घटनाका दोषीलाई छुट नहुने स्पष्ट पारे। ‘सानालाई कारबाही ठूलालाई छुट भन्ने हुँदैन,’ उनले भने, ‘संलग्न जोसुकै भए पनि कारबाही गराउने दिशामा हामी अघि बढ्छौं।’

अर्कोतर्फ सपथग्रहण प्रकरणपछि नेता कार्यकर्ताहरुले एक पक्षले अर्को पक्षका कमजोरी औंल्याउँदै सामाजिक सञ्जाल तताउन थालेका छन्। दुवै पक्ष आरोप-प्रयारोपमा उत्रिएका छन्।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस
आज सातै प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली मदन–आश्रितको ३३ औँ स्मृति दिवस अवसरमा एक सन्देश जारी गर्दै उनले भनेका छन्– '३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद... आइतबार, जेठ ३, २०८३
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । आइतबार, जेठ ३, २०८३
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ ।  अन्य स्थानमा मदन–आश्रि... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ आइतबार, जेठ ३, २०८३
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली आइतबार, जेठ ३, २०८३
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै आइतबार, जेठ ३, २०८३
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस आइतबार, जेठ ३, २०८३
आज सातै प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्