डडेल्धुरा- रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदलाई लक्षित गरी गोली प्रहार भएको छ। आइतबार साँझ ७ बजेतिर गाउँपालिकाको सेन्टर मुजाबगरस्थित आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि अपरिचित व्यक्तिले पेस्तोलबाट गोली हान्ने क्रममा प्रहरीले प्रतिकार गरेर जोगाएको छ।
अध्यक्षमाथि गोली हान्ने क्रममा प्रहरीले प्रतिकार गरेर समात्न खोज्दा ती व्यक्ति भागेका छन्। प्रहरीले तत्कालै हस्तक्षेप गरेपछि अध्यक्षमाथि हानिएको गोली लाग्न पाएन।
गाउँपालिकाको कार्यालय रहेको ३ नम्बर वडा कार्यालयसँगै अध्यक्ष साउदको डेरा छ। प्रहरीले समात्ने प्रयास गर्दागर्दै गोली हान्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
अध्यक्षमाथि पेस्तोल ताकिसकिएको अवस्थामा प्रहरीले अवरोध गर्दा गोली भूइँ तलामा लागेको अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए। शाहीका अनुसार गोली हान्ने व्यक्ति प्रहरीले पक्राउ गर्न पछ्याएपछि स्थानीय कैलाश खोलामा हाम फालेर भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।