काठमाडौं- सातामा कारोबारको पहिलो दिन पुँजीबजार दाहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आईतबार परिसुचक १७ दशमलव ८७ अंकले घटेर १ हजार ४ सय ४० दशमलव शून्य १ अंक कायम भएको छ।
आईतबार १ सय ६२ वटा कम्पनीको १० लाख ९० हजार २ सय १८ कित्ता सेयर ७ हजार २ सय ३९ पटक खरीद बिक्री हुँदा २८ करोड ८० लाख ९९ हजार ९ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आईतबारको कारोबारमा कुनै पनि समुहको उपसुचक बढेन। सबैभन्दा धेरै जीवन बीमा कम्पनीको उपसुचक ६६ दशमलव शुन्य ८ अंकले घटेको छ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १ करोड ८२ लाख ५२ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार सबैभन्दा धेरै रिलाइन्स फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन्।
सबैभन्दा धेरै गुमाउनेमा भने गणपति माइक्रोफाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ८ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।