भक्तपुर- चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिँदा नजिकै विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएलगत्तै उपचारार्थ मध्यपुर अस्पताल लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।