होबर्ट– ग्लेन म्याक्सवेलले शतक प्रहार गरेपछि अस्ट्रेलियाले त्रिकोणात्मक टी–२० सिरिजमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेको छ। म्याक्सवेलले नटआउट १ सय ३ रन प्रहार गरेपछि अस्ट्रेलियाले १ सय ५६ रनको लक्ष्य ९ बल खेल्न बाँकी छदा ५ विकेट गुमाएर पार गर्यो।
म्याक्सवेलले ५८ बलमा १० चौका र ४ छक्का प्रहार गरे। अस्ट्रेलियाका लागि डिआर्ची सटले ३० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङतर्फ इंग्ल्यान्डका डेभिड विलीले ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो। इंग्ल्यान्डका लागि डविड मालानले ५० रन जोडे। बलिङतर्फ अस्ट्रेलियाका म्याक्सवेलले ३ विकेट लिए।
न्युजिल्यान्ड, अस्ट्रेलिया र इंग्ल्यान्डबीच जारी त्रिकोणात्मक सिरिजमा अस्ट्रेलिया २ खेल जित्दै शीर्ष स्थानमा छ। यसअघि अस्ट्रेलियाले पहिलो खेलमा न्युजिल्यान्डलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।