काठमाडौं– नेपाल पुलिस क्लब बुढा सुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराएर पुलिस उपाधि नजिक पुगेको हो।
पुलिसको जितमा बुद्ध लामाले निर्णायक गोल गरे। निर्धारित समयको खेल १–१ को बराबरीको सकिएपछि थप गरिएको समयको १२ मिनेटमा बुद्धले निर्णायक गोल गरेका थिए। त्यसअघि खेलको ५४ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। तर ६४ संकटाका लागि प्रकास बुढाथोकी बराबरी गोल फर्काए ।
अब पुलिसले उपाधिका लागि थ्रीस्टार र दुर्गापुर स्टिल एफसीबीच विजेतासँग प्रतिस्पर्धा गर्नेछ। थ्रीस्टार र दुर्गापुरबीच बिहीबार खेल हुनेछ।
यसअघि पुलिसले क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोलले पराजित गरेको थियो। संकटाले पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराएर अन्तिम चारमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।