जनकपुर- बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा देवाडका २५ वर्षीय कलिम शेषलाई बलात्कार गरेको आरोपमा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।
उनीमाथि स्थानीय एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।
महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार पीडितले भाद्र २६ गते दिएको उजुरीको आधारमा शेषलाई भाद्र २७ गते गिरफ्तार गरिएको हो।
गत साता भाद्र १४ गते साँझ खेतमा शौच गर्न गएको बेला शेषलगायत चार जनाको समूहमा रहेका युवाहरुले बलात्कार गरेका थिए।
पीडितको उजुरीको आधारमा आरोपीहरुको खोजतलास भइरहेकोमा शेषलाई लुकीछिपी बसिरहेको अवस्थामा भारतको कन्हमाबाट भारतीय प्रहरीको सहयोगमा गिरफ्तार गरिएको एसपी अधिकारीले बताए।
पीडितको उजुरीको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र फरारहरुको खोजतलास भइरहेको एसपी अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।