जनकपुर- आफ्नै सासुको हत्या गरी फरार रहेका अभियुक्तलाई १५ वर्ष पछि पक्राउ परेका छन्।
आफ्नै सासुको हत्या गरी १५ वर्षदेखि फरार रहेको औरही नगरपालिका-२ बस्ने विनोद सदालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
सदाले २०६१ कात्तिक १८ गते औरही नगरपालिका २ मा आफ्नो ४० वर्षीया सासु बेचनीदेवी सदाको हत्या गरेका थिए।
प्रहरीले विशेष सुराकीका आधारमा घरबाटै उनलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले जानकारी दिएको छ।
पक्राउ परेका सदालाई इप्रका गौशलाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।
प्रहरी निरीक्षक किशोर आचार्यले फरार रहेका अभियुक्त सदाले घरायसी विवादका कारण आफ्नै सासु बेचनी देवीलाई बञ्चरो प्रहार गरी हत्या गरेको बताएका छन्।
पक्राउ परेका सदालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।