एजेन्सी– नेपालका नम्बर एक गोलकिपर किरण कुमार लिम्बु (चेमजोङ) आवद्ध मिर्नोभा पञ्जाव भारतीय आई– लिगको शीर्ष स्थानमा उक्लिएको छ। पञ्जाव बुधबार भएको खेलमा सिलोङ लाजोङलाई ३–२ गोलले पराजित गर्दै पुन: शीर्ष स्थानमा उक्लिएको हो। अघिल्लो खेलमा पञ्जाव चर्चिल वदर्शसँग २–१ ले पराजित भएको थियो।
बुधबार पञ्जावको जितमा बलि गंगादिपले निर्णायक गोल गरेका थिए। २–२ को बराबरीमा रहेको खेलको ८१ मिनेटमा गंगादिपले पञ्जावका लागि तेस्रो गोल गरेक थिए। त्यसअघि पञ्जावका लागि गुए डानोले ६ र गंगादिपले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै २–० ले अघि बढाएका थिए। तर सिलोङका लागि ड्यानियल ओडाफिनले ६० र लाउरेन्स डोएले ६४ मिनेटमा गोल गरेका थिए।
जितपछि पञ्जावले १३ खेलबाट २९ अंक जोडेको छ। दोस्रो स्थानको नेरोकाको १४ खेलबाट २७ तथा तेस्रो स्थानको इस्ट बेंगालको १३ खेलबाट २३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।