काठमाडौं– नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१५ मनकामना टोलकी ६८ वर्षीया भुमादेवी खत्रीको हत्या आरोपमा पक्राउ परको ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरेकाहरु खोटाङको दिप्रुङ गाउँपालिका–६ घर भई नवलपरासी गैडाकोट बस्ने ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मिना खड्का, तनहुँ ऋसिङ गाउँपालिका–२ घर भई गैंडाकोट–१५ बुद्धचोक बस्ने ४५ वर्षीय बसन्तकुमार बराल र उनकी श्रीमती ४३ वर्षीया कमला बराल छन्।
उनीहरुले भुमादेवीको हत्या गरेर सुनका गहना (सिक्री, लकेट, रिङ गरी २.५ तोला) सुन लुटेका थिए। पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।