पेरिस– पेरिस सेन्ट जर्मेन (पिएसजी) फेन्च कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पिएसजीले गएराति भएको खेलमा सोचाउक्सलाई ४–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
पिएसजीको जितमा अर्जेन्टाइन मिडफिल्डर एन्जेल डि मारियले ह्याट्रिक गरे। उनले खेलको १, ५८ र ६२ मिनेटमा गोल गरेर ह्याट्रिक गरेका थिए। उनले सन् २०१० पछि पहिलो पटक ह्याट्रिक गरेका हुन्। पोर्चुगिज क्लब बेनिफिकाका लागि डि मारियाले पछिल्लो पटक ह्याट्रिक गरेका थिए।
खेलमा काभानीले २७ मिनेटमा गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा पिएसजीका ट्रापले रातो कार्ड पाएका थिए।
स्टार खेलाडी नेइमारलाई भने आराम दिइएको थियो। मंगलबार जन्मदिनको पार्टी मनाएका उनलाई आराम दिइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।