लन्डन– एफए कपमा स्वान्सी सिटीले नट्स कन्ट्रीमाथि सानदार जित दर्ता गराएको छ। स्वान्सीले मंगलबार राति भएको खेलमा नट्सलाई ८–१ गोलले पराजित गर्दै पाँचौ चरणमा स्थान बनाएको छ। स्वान्सीले एफए कपमा हात पारेको यो सबैभन्दा फराकिलो अन्तरको जित हो।
स्वान्सीको जितमा टमी अब्राहम र नाथान डयरले २–२ गोले गरे। अब्राहमले १८ र पहिलो हाफको इन्जुरी टाइको तेस्रो मिनेट तथा नाथानले २० र ३० मिनेटमा गोल गरे। नाउटनले ५३, राउथलेजले ५७, क्यारोलले ६५ र जेम्सले ८२ मिनेटमा गोल गरेपछि स्वान्सीले सानदार जित हात पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।