काठमाडौं– बिहीबारदेखि नामिबियामा सुरु हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागी हुने ६ वटै टिमले तयारी अन्तिम चरणमा पुर्याएका छन्। डिभिजन–२ मा नेपाल, नामिबिया, यूएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन्।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ। त्यसैले ६ वटै टिमले शीर्ष २ भित्र पर्ने लक्ष्यसहित तयारी गरिरहेका छन्।
नेपालले पहिलो खेल बिहीबार आयोजक नामिबियासँग खेल्नेछ। आइतबार नामिबिया पुगेको नेपालले सोमबार र मंगलबार अभ्यास गरेको छ। हेर्नुहोस् अभ्यासका तस्बिरहरु :
तस्बिर : रमन सिवाकोटी














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।