काठमाडौं– खोटाङ र मोरङमा खुकुरी प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
खोटाङमा आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवाललाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा मझुवागढी नगरपालिका–५ कटुवाल टोल बस्ने २५ वर्षीय दिनेश कटवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई खुकरी सहित फेला पारी पक्राउ गरेको हो। घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ।
उता मोरङको विराटनगर महानगरपालिका–१५ बस्ने २१ वर्षीय सागर महतोलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही महानगरपालिका–११ जनपथ टोल बस्ने १९ वर्षीय भवानी पासवानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–९ स्थित कोबास कलेजमा क्यान्टीन संचालक गर्ने सागर महतोलाई भवानी पासवानले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।