काठमाडौं– थ्रीस्टार क्लब बुढा सुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा सुदुरपश्चिम ११ लाई ४–० गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो।
थ्रीस्टारको जितमा निराजन खड्काले ह्याट्रिक गरे। उनले खेलको सातौं मिनेटमा गोल गरेर थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाए। ३७ मिनेटमा सुनील बलले थ्रीस्टारको अग्रता दोब्बर पारेका थिए।
निराजनले ५७ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा थ्रीस्टार ३–० ले अघि बढ्यो। दोस्रो हाफको तेस्रो मिनेटमा निराजनले ह्याट्रिक गरेसँगै थ्रीस्टारले ४–० को सानदार जित हात पारेको हो। निराजनले खेलको म्यान अफ दि म्याच हुँदै १० रुपैयाँ पाउन सफल भए।
अब फाइलन प्रवेशका लागि थ्रीस्टारले दुर्गापुर स्टिल एफसीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ। बिहीबार हुने अर्को सेमिफाइनलमा संकटा र पुलिसबीच भिडन्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।