काठमाडौँ- कवि प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ सार्वजनिक गरिएको छ।
कवितामाथि टिप्पणी गर्दै कवि श्यामल र डा नवराज लम्सालले सिन्धुलीयका कविताले मानवतालाई छोएको बताए। जातीय संकीर्णताभन्दा वर्गीय पक्षधरतालाई साहित्यले स्थान दिनुपर्नेमा उनीहरुको जोड थियो।
अर्की टिप्पणीकार कुमारी लामाले भने जातीय पहिचानलाई चटक्कै बिर्सने ध्येय मनासिव नहुने तर्क गरिन्।
कवि सिन्धुलीयले आफ्ना कवितालाई बाहुनवादसँग जोडेर हेर्नु गलत भएको दाबी गरे।
हरिमाया भेटवाल, जय गौडेल, ज्योति जङ्गल, लीला अनमोल र हेम प्रभासले कार्यक्रममा सिन्धुलीयका कविता वाचन गरेका थिए।
संग्रहलाई सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।