सिरहा- आफ्नै आमालाई कुटपिट गरी भागेका एक युवालाई प्रहरीले रिभल्भरसहित पक्राउ गरेको छ।
मंगलबार सिरहा प्रहरीले सिरहा बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर बाट ३० वर्षीय कृष्ण यादवलाई पक्राउ गरेको हो।
सिरहा, विष्णुपुर-४ थलाहाकट्टाका यादवले घरयासी विवादको कारण आफ्नै आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएका थिए।
यसपछि प्रहरी चौकी बेल्हा सिरहाबाट खटीएको टोलीले उनलाई पक्राउ गरेको हो।
सामान फालेको स्थानबाट प्रहरीले लोड नभएको एक थान रिभल्वर (सिक्सर) फेला पारेको थियो।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।