काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भाते ढिकुरबाट १ जना पेस्तोल र गोलीसहित पक्राउ परेका छन्।
बाराको फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साह कटुवा पेस्तोल १ थान र ६ राउण्डसहित सोमबार बेलुका पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका साहलाई जाँच गर्ने क्रममा साथमा राखेको उक्त पेस्तोल र गाेली फेला पारी पक्राउ गरेको हो।
त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ नयाँबस्तीस्थित जंगलबाट सोमबार साँझ बेवारिशे अवस्थामा रहेको भरुवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंज खटिएको प्रहीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।