• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
डिभिजन–२ मा नेपालको यात्रा : ब्याटिङको भर
64x64
नेपाल लाइभ मंगलबार, माघ २३, २०७४  ०५:२९
1140x725

काठमाडौं– नेपाली क्रिकेट टिम आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागी हुन नामिबिया पुगेको छ। युएईमा एक साता अभ्यास गरेपछि नेपाल नामिबिया पुगेको हो। 

बिहीबार आयोजक नामिबियासँग खेलेर प्रतियोगिताको सुरुवात गर्ने नेपालले केन्या, युएई, क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा कम्तीमा दोस्रो हुँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने नेपालको लक्ष्य छ। 

शीर्ष दुईभित्र पर्न नेपालको चुनौती ब्याटिङमा देखिएको छ। बलिङमा एकनासको प्रदर्शन गर्ने नेपाल ब्याटिङमा चुक्दा पराजय भोग्नुपरेका कैयौं उदाहरण छन्। 

नेपालका कप्तान पारस खड्का पनि नेपालको चुनौती ब्याटिङमा भएको स्वीकार गर्छन्। युएई उड्नुअघि नेपाल लाइभलाई दिएको अन्तर्वार्तामा पारसले भनेका थिए, 'यस पटक पनि हामीलाई ब्याटिङमा राम्रो प्रदर्शन गर्ने चुनौती छ।'

नेपालले नामिबिया प्रस्थान गर्नुअघि युएई 'ए' टिमसँग ३ अभ्यास खेल खेलेको थियो। सुरुवाती २ खेल जितेको नेपाल अन्तिम अभ्यास खेलमा पराजित भएको थियो अन्तिम नेपालको पराजयको कारण ब्याटिङ बनेको थियो। नेपालका कप्तान पारस जितको आधार ब्याटिङ नै मान्छन्। 

भन्छन्,'पछिल्ला खेलको विश्लेषण गर्ने हो भने पनि जुन खेलमा नेपालले ब्याटिङ राम्रो गरेको छ, त्यो खेलमा जित हात पारेको छ।'

अन्तिम अभ्यास खेलमा २ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३८.५ ओभरमा १ सय ५१ रनमै अलआउट भएको थियो। खराब ओपनिङ गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ शून्य रन आउट भए लगत्तै शरद भेषावकर १ रनमै पेभेलियन फर्केका थिए। नेपालका लागि कप्तान पारस खड्काले सबैभन्दा बढी ४१ रन जोड्दा नेपालको लगातार विकेट गएको थियो। खेलमा नेपाल ६४ रनले पराजित भएको थियो।

अभ्यासका सुरुवाती दुई खेलको जितको आधार पनि ब्याटिङले नै तय गरेको थियो। दोस्रो अभ्यास खेलमा नेपालले ३ सय ३३ रन बनाउँदा उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले सतक (१५४ रन) प्रहार गरेका थिए। १ सय ४१ रनको ओपनिङ गरेको नेपालका ओपनर दिलीप नाथले ६४ रनको योगदान गरेका थिए।  विशाल लक्ष्य पछ्याएको युएई १ सय ४० रनमा अलआउट भएको थियो। खेलमा सन्दीप लामिछानेले ४ विकेट लिएका थिए। 

Ncell 2
Ncell 2

पहिलो अभ्यास खेलमा पनि ओपनिङ ब्याट्सम्यान दिलीप नाथको अर्धसतकमा नेपालले २ सय ४६ रन बनाएको थियो। दिलीपले ६१ रनको योगदान दिँदा मध्यक्रमका ब्याट्सम्यानले आक्रामक ब्याटिङको नमुता प्रस्तुत गरेका थिए। जवाफी ब्याटिङ गरेको युएई २ सय २१ रनमा अलआउट भएको थियो। 

यो योगफललाई नेपालका प्रशिक्षक जगत टमाटा राम्रो मान्छन्। 

'हामीले खेल जित्न कम्तीमा २ सय ५० रनको हाराहारीमा रन बनाउनुपर्छ, अनि मात्र हामीले बलिङबाट विपक्षीलाई दबाब दिन सक्छौं। पहिले ब्याटिङ गरेमा पनि हामीले विपक्षीलाई रोक्न गाह्रो हुनेछैन', अभ्यासमा जानुअघि टमाटाले कीर्तिपुर मैदानमा आफ्नो योजना सुनाएका थिए।

एक साताको तीन अभ्यास खेलबाट नै नेपालको जितको आधार ब्याटिङ भएको पुष्टि भएको छ। अब नामिबियाको पिचले पनि ब्याटिङमा असर गर्ने देखिन्छ। 

बलिङमा राम्रो प्रदर्शन गर्न आत्मविश्वासी देखिएको नेपालको सुधार गर्नु पक्ष ब्याटिङ भएको कप्तान पारस बताउँछन्। 

उनी भन्छन्, 'नामिबियामा तीव्र गतिका बलरलाई राम्रो हुन्छ भनिएको छ। गत संस्करणको डिभिजन–२ मा पनि त्यही भनिएको थियो। तर, स्पिनरले पनि महत्वपूर्ण भूमिका खेलेका थिए। जितको आधार सबै टिमको समन्वय हो। बलिङ युनिटका लागि हामीले राम्रो रणनीति बनाउनेछौं। त्यसैले तीव्र बलिङदेखि सबै क्षेत्रमा राम्रो रणनीति बनाएर मैदानमा लागू गर्ने हो भने हाम्रो पक्षमा नतिजा ल्याउन सक्छौं।'

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
सम्बन्धित सामग्री
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ प्युठानमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार... शनिबार, जेठ २४, २०८२
आगलागीबाट ३० पसल जलेर नष्ट, पीडितलाई राहत उपलब्ध गराउन माग बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका... शनिबार, जेठ २४, २०८२
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले जनाएको छ ।... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्