काठमाडौं- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का प्रमुख के सिवनले आइतबार चन्द्रयान-२ को अवतरण चन्द्रमाको सतहमा नै भएको दाबी गरेको छ। यसअघि भारतको महत्वाकांक्षी सो प्रोजेक्ट असफल भएको बताइँदै आएको थियो।
‘हो हामीले ल्याडर ‘विक्रम’को चन्द्रमाको सतहमै रहेको पत्ता लागेको छ,’ उनले भने। हार्ड ल्याडिङ्गका कारण त्यसमा नोक्सान पुगेको हो भनी सोधिएको प्रश्नमा सिवनले भने, ‘यसबारेमा अहिले कुनै पनि जानकारी हामीसँग छैन।’
सिवनले अर्विटरले फोटो खिचेको समेत बताएका छन्। '‘विक्रम’ मोड्युलससँग सम्पर्क स्थापित गर्ने प्रयास भईरहेको छ। छिटै यस बारेमा थप जानकारी गराइने छ,' उनको भनाइ थियो।
सिवनले अहिले कुनै पनि कुरा भन्न हतारो हुने भन्दै एएनआईसँग भने, ‘हामी सम्पर्क स्थापित गर्ने प्रयासमै छौ।’ भारतीय अन्तरिक्षय एजेन्सीद्धारा चन्द्रमाको सहतमा चन्द्रयान–२ को विक्रम लैडर ‘सफ्ट लैडिङ्गको अभियान शनिबार असफल भएको थियो।
चन्द्रयान-२ शुक्रबार राती अबेर लगभग एक बजेर ३८ मिनेटमा चन्द्रमाको सतहमा उत्रने प्रक्रिया शुरु गरेको थियो।
तर चन्द्रमाको २.१ किलोमिटरको उचाईमा पुग्दा सम्पर्क विच्छेद भएको थियो। भारत यदि यो प्रोजेक्टमा सफल भएको प्रमाणित भए रुस, अमेरिका र चीनपछिको चौथो देश हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।