काठमाडौं– नेपाल पुलिस क्लब बुढा सुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।सोमबार भएको क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको २० मिनेटमा पुलिसले आत्मघाती गोलबाट अग्रता लियो। काँकडभिट्टाका विकास थुलुङले आफ्नै पोस्टमा गोल गरेपछि पुलिस १–० गोलले अघि बढेको थियो।
६४ मिनेटमा सुमन लामाले पुलिसको अग्रता दोब्बर पारे। उनी खेलको म्यान अफ दि म्याच हुँदै १० हजार रुपैयाँ जित्न सफल भए।
पुलिसले अब फाइनल प्रवेशका लागि बुधबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। संकटाले पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराएर अन्तिम चारमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।