लहान– सिरहा प्रहरीले विगत एक साताभित्र १० लाख १३ हजार ९० रुपैयाँ बराबरको भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
भाद्र १५ गतेदेखि २१ गतेसम्ममा जिल्लाका विभिन्न नाकाबाट नेपाल भित्र्याइएको कपडा, किराना सामान तथा दूध र चकलेट गरी उक्त परिमाणको सामान नियन्त्रणमा लिइएको हो।
शनिबार लक्ष्मीपुरपतारी गाउँपालिका ६ देवारीबाट भारतबाट नेपाल ल्याउँदै गरेको १२ हजार मूल्य बराबरको किराना सामान, लहान नगरपालिका २ स्थित सिमराही स्थित १६ हजार मूल्य बराबरको कपडा, कर्जन्हा नगरपालिका-३ बाट एक थान मोटरसाइकल तथा १७ हजार १ सय बराबरको दूध र चकलेट गरी, ५७ हजार १ सय को सामान नियन्त्रणमा लिईएको छ।
पक्राउ परेको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।