लहान– अवैध रुपमा भारतीय रुपैयाँ बोकेर हिँडिरहेका एक व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
भगवानपुर गाउँपालिका –४ का ४० वर्षीय ओम प्रकाश साहलाई भारु २ लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनलाई सखुवानन्कारकट्टी गाउँपालिका-५ बाट पक्राउ गरिएको हो। ठाडीबाट लहानतर्फ जाँदै गरेको विआर ३२ क्यू ४०३१ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चालक साहको साथबाट अवैध भारतीय रकम बरामद भएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।