लहान– सिरहाको कर्जन्हा नगरपालिका–१ रतनपुरमा अवैध रुपमा संचालनमा रहेको काठ मिलबाट प्रहरीले अवैध काठ नियन्त्रणमा लिएको छ।
आइतबार प्रहरीले ३ लाख रुपैयाँ बराबरको काठ नियन्त्रणमा लिएको हो।
स्थानीय फणीन्द्र पोखरेलले संचालन गरेको काठ मिलबाट विभिन्न साइजको ६२ थान सखुवा (१०० क्यू फिट) काठ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नियन्त्रणमा लिइएको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।