एजेन्सी– दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्वान्टन डे ककले भारत विरुद्ध जारी एकदिवसीय सिरिजका बाँकी खेल तथा टी–२० सिरिज गुमाउने भएका छन्।
देब्रे नाडीमा चोट लागेका कारण उनले भारत विरुद्धको बाँकी खेल गुमाउने भएका हुन्। आइतबार भएको दोस्रो एकदिवसीय खेलका दौरान उनलाई चोट लागेको थियो। चोटबाट मुक्त हुन उनले कम्तिमा २ साता आराम गर्नु पर्नेछ।
भारत विरुद्धको सिरिज गुमाएपनि उनले अस्ट्रेलिया विरुद्धको सिरिज भने खेल्ने सक्ने बताइएको छ। अस्ट्रेलिया विरुद्धको टेस्ट सिरिज मार्च १ बाट सुरु हुनेछ।
उनको स्थानमा हेनरिच क्लासेनलाई खेल्नेछन्।
यसअघि एबी डिभिलियर्स र नियमित कप्तान फाप डु फ्लेसिस पनि चोटका कारण टिमबाट बाहिरिएका थिए। दुबै खेलाडीलाई औलामा चोट लागेको छ।
डेल स्टेल पनि चोटका कारण टिममा छैनन्।
दक्षिण अफ्रिकासँगको ६ खेलको एकदिवसीय सिरिजमा भारत २–० ले अघि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।